भ्रष्टाचार काण्ड बाहिर ल्याएपछि ओली संसदबाट भागेको खुलासा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भ्रष्टाचार काण्ड बाहिर ल्याएपछि ओली संसदबाट भागेको खुलासा



काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीका भ्रष्टाचारका काण्ड बाहिर ल्याएपछि संसद छोडेर भागेको खुलासा गरेका छन् ।

सोमबार पेरिसडाँडामा प्रदेश २ का कार्यकर्ता भेलामा नेता नेपालले यस्तो खुलासा गरेका हुन् । नेता नेपालले आफूहरूले ओलीका काण्डहरू बाहिर ल्याएपछि आत्तिएर संसद बोलाउन नसकेको र फेस गर्न नसक्ने भएपछि असंवैधानिक रूपमा संसद नै विघतन गरेको बताए ।

प्रचण्ड-नेपाल समुहले पार्टी कमिटीमा ओलीको कार्यशैलीमाथी प्रश्न गर्दै उनीमाथि दर्जनौँ आरोप लगाएर १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेपछि ओली आत्तिएको र फेस गर्न नसकेको उनको आरोप छ ।

नेता नेपालले आफूहरुसंग बहुमत केन्द्रीय सदस्य रहेकाले आधिकारिक नेकपा आफूहरु नै भएको दाबी गरेका छन् ।

एकताका बेलामा दर्ता भएको विधानलाई आयोगले मान्यता दिँदा आफूहरुसँगै बहुमत रहने बताएका हुन ।

उनले निर्वाचन आयोगले लेखेको पत्रमा ४४१ जनाको केन्द्रीय कमिटी र ४५ जनाको स्थायी कमिटीलाइ मान्यता दिन उल्लेख रहेको र उक्त संख्याको बहुमत आफूहरुसंग रहेको तर्क गर्नुभयो ।

नेता नेपालले सेटिङ गरेर नबस्न ओलीलाई चेतावनी दिँदै सूर्य चिन्ह पनि आफ्नो पक्षको हुने बताए । उनले भ्रष्टचारको मुद्दा उठाउँदा प्रधानमन्त्रीले संसद नै विघटन गरेको आरोप पनि लगााए ।

त्यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले आफूलाई काम गर्न नदिएर संसद विघटन गरेको भन्नु तर्कसंगत नरहेको बताए ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको उनले आरोप लगाए ।