लकडाउनमा सरस्वती शिक्षा सदनद्बारा अनलाइन पढाई सुरु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

लकडाउनमा सरस्वती शिक्षा सदनद्बारा अनलाइन पढाई सुरु



विशाल पाण्डेय / कैलाली ।
कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको सरस्वती शिक्षा सदनले अनलाईनको माध्यमबाट विद्यार्थीहरुलाई पढाउने भएको छ । अहिले प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइनको माध्यमबाट नि:शुल्क रुपमा कक्षा सञ्चालन गर्न थालिएको सरस्वती शिक्षा सदनका प्रिन्सिपल कृष्ण ढुंगानाले जानकारी दिए ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन तथा रोकथामकालागि गरेको लकडाउनको समयलाई मध्यनजर गर्दै प्राधामिक तहका बालबालिकाहरुलाई अनलाईनबाटै बिहिवार देखि पठन–पाठन गराउन सुरु गरिएको ढुंगानाले बताए ।

‘देश अहिले पुरै लक डाउनको अवस्थामा छ , प्राथमिक तहका बालबालिका लाई लक्ष्यित गरि विज्ञान, सामाजिक, गणित, स्वास्थ्य ,जिके लगायतको बिषय पढाई सुरु गरिएको हो । ढुंगानाले भने, ” लक डाउनले विद्यार्थीहरु खाली बस्नुपर्ने अबस्था आयो,घरमै अनलाइनबाटै अध्ययन गराइयो भने बालबालिकामा अध्ययन गर्ने बानिको विकाससंगै सुरक्षित पनि हुन्छ ।”

उनले हाल स्कुलको फेसबुक पेजबाट प्रसारण भइरहेको र अबको केही समय भित्र स्कुलको बेभसाइट तथा स्कुल एप बाट पनि अनलाइ कक्षा सन्चालन गर्ने प्राबिधिक तयारी भैरहेको हिमाल पोस्टलाई जानकारी दिए । हरेक साझ ६:३० बजे प्रसारण हुने बताउदै ढुंगानाले अन्य विद्यालयका बालबालिकाहरुले पनिसंगै बसेर हेर्न र सिक्न मिल्ने बताए ।
उक्त अनलाइन प्रविधिको कोड्स्टेज टेक्नोलोजी प्रा.ली. काठमाडौंले सहयोग गरिरहेको छ । सांंकेतिक तस्बिर :