तत्काल पार्टी एकता हुँदैन – ओनसारी घर्ती - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

तत्काल पार्टी एकता हुँदैन – ओनसारी घर्ती



बागलुङ –

निवर्तमान सभामुख ओनसारी घर्तीले एमाले र माओवादी केन्द्रबीच तत्काल पार्टी एकता नहुने बताएकी छन् ।

 

घर्तीले एकता निर्वाचनअघि नै हुने चर्चा चलिरहे पनि थुप्रै विषयमा छलफल र बहस बाँकी रहेको खुलाइन् ।

उनले भनिन्,प्रेस सेन्टरले बागलुङ सदरमुकाममा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई पार्टीबीच थुप्रै बिषयमा छलफल र बहस बाँकी भएकाले तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारिन्।

‘म पनि कामना गर्छु कि सकेसम्म छिटो पार्टी एकता होस्,’ नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी घर्तिले भनिन्, ‘यो वर्तमानको आवश्यकता हो, तर पार्टी एकीकरणका लागि अझै यथेष्ट छलफल, बहस हुन आवश्यक छ।’ उनले विगतमा धेरै पार्टी हतारमा एकीकरण गरेर केही समयमै फुट्ने गरेको तथ्यबाट पाठ सिक्दै हतार गरेर भन्दा धैर्यताबाट एकीकरण गर्दा उचित हुने बताइन्।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘अहिलेको बाम गठबन्धनप्रति जनताको धेरै ठुलो अपेक्षा छ,’ घर्तीले भनिन्, ‘तर उस्तै सिद्धान्त र बिचार भएका पार्टी भए पनि सबै हिसावले पार्टी परिस्थितिलाई पर्गेलेर मात्र एकीकरण गर्नुपर्छ।’