जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत



पोखरामा भएको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनाका अनुसार मृतकमध्ये हालसम्म ५ जनाको सनाखत भएको हो।

सनाखत हुनेमा लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमिया छन्।

जहाज दुर्घटना हुँदा अहिलेसम्म ६४ जनाको शव फेला परिसकेको छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास गरिरहेको छ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।