के तपाईं पानीपुरी खानुहुन्छ ?- होस् गर्नुहोस ज्यान जाला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

के तपाईं पानीपुरी खानुहुन्छ ?- होस् गर्नुहोस ज्यान जाला



काठमाडौं– हरेक चोक र गल्लीमा पाइने पानीपुरीमा गम्भिर समस्या देखिएको छ । युवा पुस्ताले अत्यधिक मन पराउने यो खाद्यपदार्थ बनाउँनेहरूले गम्भीर लापरवाही गर्ने गरेको भेटिएको छ ।

बजारमा उपलब्ध पानीपुरी स्वस्थ्यकर ढंगले बनाइदैन । पुरी बनाउनका लागि प्रयोग गरिने तेल होस् वा आलु सबै अस्वस्थ्यकर हुनेगर्छ । कतिपय अवस्थामा के पनि पाइएको छ भने पानीपुरीमा हानिकारक मोविलजस्तो देखिने पदार्थ समेत प्रयोग गरेका छन् ।

सरकारी अनुगमनका क्रममा पानीपुरीमा हानिकारक पदार्थ मिश्रण गरिएको पाइएको छ । हेर्दा खानेतेल जस्तो देखिने ति पदार्थ अखाद्य तत्व रहेको पनि पुष्टि भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा गरेको छड्के अनुमगनका क्रममा पानीपुरी बनाउँदा खुट्टाले पिठो मुछेर बनाउने गरेको भेटिएको हो । यस्तो गम्भीर लापरवाही सरकारी अनुमगनका क्रममा पाइएको छ ।

विभागले बिहीवार गरेको अनुगमनका क्रममा खुट्टाले पिठो मुछ्ने गरेको र पानीपुरी निर्माणस्थल समेत अत्याधिक फोहोर रहेको पाइएको अनुगमन निरिक्षकहरु बताउँछन् ।

‘पानीपुरी बनाउने ठाउँ एकदमै फोहोर थियो । हेर्न लायकै थिएन,’ बिहीवार अनुमगनका खटिएका एक अनुमगन निरिक्षकले भने, ‘भुईमै पिठो मुछ्दा रहेछन् । पिठो मुछ्ने क्रममा खुट्टाले समेत चलाउने रहेछन्, ।’

त्यस्तै पानीपुरी पकाउनका लागि तेल तताउने क्रममा तेल ताते/नतातेको जाँच गर्न कराईमा पसिना र थुकका छिटा फाल्ने गरेको समेत अनुमगनका क्रममा पाइएको ती अधिकारीले दावी गरे ।

‘यतिसम्मको लापरवाही भेटिएपछि तयार भएका ४ बोरा पानीपुरी र तताइरहेको तेल दुई कराई नष्ट ग¥यौं’ ती अधिकारीले भने, ‘उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार २० हजार रुपेयाँ जरिवाना समेत ग¥यौं, ।’

पानीपुरीको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्नसक्ने बताएको छ । पानीपुरीको अधिक सेवनले कलेजोलाई निकै हानि पुर्‍याउने गर्छ । पानीपुरीमा मिश्रण गरिएको कृतिम रंग र अखाद्य पदार्थ आन्द्राको लागि हानिकारक हुने बताइन्छ ।

पानिपुरीकै कारणले भारतका कतिपय शहरमा ज्यान गुमाएका समाचार बाहिरिएपछि ति शहरमा पानीपुरी बेच्न प्रतिबन्ध लगाइएको छ ।

पानीपुरी बनाउने, बेच्ने क्रममा जति लापरवाही गरिएको हुन्छ, त्यसले आन्द्राको क्यान्सर गराउने संभावना रहन्छ ।

धनिया, पुदिना, चटनीको स्थानमा पानीपुरीको पानीमा कृतिम रंग मिसाइन्छ । साथै सडेगलेको खानेकुरा प्रयोग गरिन्छ ।

यसभन्दा अगाडी चोक र गल्लीमा ठेलामा फोहर र पिसाब प्रयोग गर्ने गरेको तथ्य बाहिरिएको थियो ।