परदेशीको दसैँ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

परदेशीको दसैँ



दीपक घिमिरे

फोन काटेर एक पल्ट आकाश तिर हेर्दै टुल्केले खस्नै थालेका आँसुका थोपा आँखा मै सुकाउने कोसिस ग¥यो । मैले उ निराश भएको बुझिहाले । उ फोन गोजीमा छिरायर फेरि काममा लाग्यो । मैले उसलाई चियाईरहे ।

उ आज निक्कै तनावमा देखियो । फोन कसको थियो सोध्न नपाउदै उ काममा गयो , मैले उसलाई हेर्दै काम गरे । उ नेपालमा चाडपर्व चल्दा सधैँ यस्तै उदास देखिन्छ ।

‘ अघि किन उदाश थिइस बे ? ’ खाना खाने ब्रेकमा रोटी र दाल चपाउदै गरेको टुल्केलाई सोधे ।

‘ बा ले दसैँ खर्च माग्दैछन । तन्खा नपाको तीन मैना भो , सम्झिदा लास्टै पिर लाग्च यार । घरकाले शंका  गर्न थाली सके । ’ उ रोटी खान छाडेर फेरि सेन्टी भैदियो ।

उसलाई रोटी खान आग्रह गर्दै भने ‘ खा खा ! गाउँघरमा दसैँ आको छ , पैसा माग्दैमा रुन पर्च त ? सै–सापट खोजौला , अहिले यो रोटी खा । ’ उसलाई हिम्मत दिनै पर्यो  , दिए ।

उसले भोक छैन भन्दै अलि पल्तिर गएर पल्टियो । मलाई पनि अरू रोटी मीठो भएन । उ भए तिरै गए ।

परदेशको बसाइमा सबैभन्दा नमिठो पल भनेकै नेपालमा चाडपर्व चल्ने समय हो । परिवारको खुसीका लागि आफ्नो खुसी लाई नेपालमै छाडेर जहाज चढेपछी सुरु हुन्छ परदेशीका पीडाका कथाहरू ।

आज भन्दा ठ्याक्कै तीन वर्ष अघि जहाज चढेर कतार आईयो । खरले छाएको घरलाई टिन लगाउने सपना अनि बिहे र बिहे पछाडिका दुई सन्तानलाई राम्रो शिक्षा दिने चाहना पूरा गर्न कतार छिरेका टुल्के अनि म ती सपना पूरा गरी नसक्दै अरू थुप्रै सपनाले दिमाग खल्बल्याउन थालेपछि यस्तै रुदै बस्छौ । कहिले उ रुन्छ , म सम्झाउछु । कहिले म रुन्छु , उसले सम्झाउछ । तर परिवार हसाउन सफल छौ ।

उसको नजिकै गएर भने ‘ तेरा बालाई यो दसैँ ऋण खोजेर टार्न भन , अर्को मैना कसो तलब नपाईएला र । ’

उसले सुस्केरा हाल्दै भन्यो ‘ बचेनी खेत किन्दा अपुग पैसा बा ले रने साहुबाट सापटी लिएका हुन । यो दसैँमा तिरियन भने खेत रने साउको नाममा जान्छ रे । यता तलब पाईदैन । उता बल्ल बल्ल किनेको खेत साउले लग्ला जस्तो भैसक्यो । ’ उसले कोल्टे फे¥यो अनि मलाई पल्टिन आग्रह र्गयो ।

साँच्चै सोचे जस्तो हुँदैन परदेश । आखाले देखेका सपना पूरा गर्न ज्यान दिँदा दिँदै पनि कहिले दैव लाग्छन त कहिले दुस्मन । राम्रो कमाई हुँदा आटेका काम तलब नपाईदा अधुरा छन् । ठ्याक्कै उसको जस्तै छ मेरो पनि दुर्दशा । गाउँमा बाले मेरो छोराको कमाई यती र उति भन्दै चौपारोमा बसेर धाग लगाउछन होला तर यता छोराके हालत अत्यन्त नाजुक छ ।

खरले छाएको घरमा टिन लगाउने चाहना बा को थियो , मैले ढलान गर्ने सपना देखाईदिए । सपना पूरा हुँदै थियो , बिचमा कम्पनीले तलब दिनै छाड्यो । अहिले घर ढलान त भयो तर बस्न नमिल्ने गरी । न ढोका छन् न त प्लास्टर नै भएको छ ।

अझ ठुलो समस्या बनेर आएको छ यो पालीको दसैँ । गएको तिन महिना देखी घरमा पैसा पठाउन पाइएको छैन । तलब आउला अनि बचेको घरको काम सकौला भन्ने सपना थाती नै छन् , यता दसैँ पनि उधारो मनाउनु पर्ने बाध्यता आईसक्यो ।

उ कमजोर छ , त्यसैले पिलिक्क रोईदिन्छ । म हिम्मती छु त्यसैले सितिमिती रुदैन । तर पीडा उसको भन्दा कम छैन ।

अस्ति बा ले दसैँ खर्च किन पठाउदैनस भनेर झपार्नु भो । उहाँलाई के थाहा यताको समस्या । रिसको बेला भन्नू भो ‘ अब नेपाल गएर बिहे गर्नु पर्छ भनेर कमाई लुकाउदै छस हैन ? ’

बा ले त्यसरी भन्दा आँखा मेरा पनि रसाएका हुन । म पनि ट्वाईलेट छिरेर रोएको हु तर हिम्मत लिएको छु । मैले पैसा लुकाएको छैन र जाडँ रक्सी अनि जुवा तासमा सकेको पनि छैन । एक दिन सबै पैसा पठाउछु अनि सम्झाउछु । खुरुखुरु पैसा पठाउने छोराले एक्कासि पैसा पठाउन बन्द गरेसी सबैका बाले ,मेरा बाले जस्तै शङ्का गर्छन् भनेर मन बुझाएको छु ।

हरेक परदेशीले हरेक पटकको दसैँ आउँदा घरबाट आउने फोनमा सुन्न मन लाग्ने एउटा मीठो शब्द ‘ यो पाली एक मैना छुट्टी लिएर भएनी नेपाल आऊ ! ’ भन्ने हो ।

तर अँह ! कहिले त्यस्ता शब्द सुनिदैन । चाडपर्वको बेला भन्दा अरुबेला बरु आइज भनेर बोलाउछन तर चाडपर्वले गाउँघर तातेको बेला घरबाट फोन आउँछ अनि भन्छन् ‘ पैसा कैल पठाउछस ? दशैको किनमेल गर्नुछ , अलि छिट्टै पठायस । ’

परदेशमा पुगेको छोरो गाउँ घरको रमाइलो सम्झेर कसरी दिन कटाउछ होला भन्ने सोच्दैनन बरु सहरका अग्ला घर अनि चिल्ला सडक र लक्जरी कार देखेर भन्छन् ‘ मस्ती छ उसलाई । उसका लागी सधैँ दसैँ । ’

टुल्के सँग पल्टेर यस्तै कुरा मनमा खेलाउदै थिए , फोरम्यानले रेष्ट टाइम सकिएको इसारा ग¥यो ।

हामी काममा लाग्यौ । आज मलाई पनि काम गर्ने मन भएन । अरू दिन ओभरटाईम गरेर बस्ने म अनि टुल्केले छिट्टै बिदा माग्ने सल्लाह ग¥यौ । फोरम्यानले ओभरटाईम नगरेनी डिउटी सकेर मात्र जाने उर्दि जारी ग¥यो । गाउँ घरको रमाइलो सम्झिदै फेरि डिउटिमै लाग्यौ ।

काधमा सिमेन्टको बोरा बोकेर माथिल्लो तलामा उक्लदै थिए । मोबाइलको घण्टि बज्यो । हेरेको बा कै कल थियो । सिमेन्टको बोरा फालेर फोन उठाए , उताबाट हालखबर सम्म नसोधी सिधै भन्नुभो ‘ दसैँ खर्च कैल पठाउछस ? ’

यो पैसा माग्ने नियतीले म वाक्क भैसकेको थिए । कम्पनी ले दिएको तनावमा घरबाट आउने फोनले झन् तनाव थप्थ्यो । मनमा कुरा खेल्दा खेल्दा म थाकेको थिए । झनक्क रिस उठ्यो अनि भने ‘ यस्पाली रुखमा पैसा फलेन , मेहनत मात्र धेरै भो बा । मलजल गरेर राम्रै सँग हुर्काको छु , फल्ना साथ टिपेर पठाउछु । ’

बा बेस्सरी हास्नु भो । मैले मजाक जस्तै गरेर रिस पोखेको थिए । उहाँले मेरो उत्तरमा रिस देख्नु भएन , मात्र मजाक देख्नुभो ।

उहाँले पनि मजाक गर्दै भन्नू भो ‘ सै–सापटी गरेर भएनी पठा ! नत्र कुभिण्डो काटेर ख्वाउचु तेरो भाइ बहिनी अनि आमालाई । ’

तीन वर्ष देखि बासी दाल अनि सुकेका रोटी खाएर बसेको परदेशी जीवनलाई बाले नेपालमा बसेर बुझ्नु भएन । उहाँलाई नेपालमा दसैँ आएको थियो तर हामी परदेशीलाई परदेशमा दशा लागेको थियो ।

हो ! उहाँका पनि आफ्नै सपना थिए र छन् । हुर्कियर परदेशीयको छोरोबाट कमाइको आशा राख्नु गलत होइन तर सन्चो बिसन्चो सोध्दैनन , खाली पैसा पैसा । घरदेशमा बसेर पैसा माग्नेहरु सोच्छन , परदेशमा पैसा फल्ने रुख छन् । बस ! टिप्यो , पठायो ।

उनीहरूलाई के थाहा , उता परिवारले दसैँ मनाउनका लागी हामी यता ठुला ठुला दशाको सामना गर्छौ भनने कुरा ।

 लेखक : घिमिरे

उक्त कथालाई अनुमति बिना कुनै पनि अनलाईनमा साभार गरेको पाईएमा कारवाही गरिने छ  ।