चीनद्वारा पत्रकारहरूलाई देश निकाला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनद्वारा पत्रकारहरूलाई देश निकाला



काठमाडौं । चीनले तीन अमेरिकी पत्रिका ‘द वाल स्टि्रट जर्नल’का तीन पत्रकारलाई देश निकाला गरेको छ ।

वाल स्ट्रिट जर्नलमा छापिएको लेखका कारण उनीहरूलाई देश निकाला गर्नु परेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले बताएका छन् ।

फेब्रुअरी ३ मा जर्नलले ‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो ।

जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा फैलाएको चीनको आरोप छ ।

यो लेख छापिएपछि पत्रिकाले सार्वजनिक रूपमा माफी नमागेको र यसमा संलग्नहरुलाई कुनै कारबाही गर्ने जानकारी पनि नदिएकाले बेइजिङ ब्युरोमा कार्यरत पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको प्रवक्ता सुयाङले जानकारी दिए ।

उनकाअनुसार तीनै पत्रकारलाई पाँच दिनभित्र चीन छोड्न भनिएको छ ।