करणी मुद्दामा सफाई पाएर पनि किन साढे २ वर्षको जेल बस्दैछन् पल शाह ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

करणी मुद्दामा सफाई पाएर पनि किन साढे २ वर्षको जेल बस्दैछन् पल शाह ?



नवलपुर- अभिनेता पल शाहलाई जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर उक्त मुद्दामा सफाई पाएपनि साढे २ वर्षको कैद सजाय र जरिवाना किन गरियो भन्ने आम चासोको विषय बनेको छ ।

मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिए । उनले जबरजस्ती करणी (बलात्कार)को मुद्दाबाट सफाई पाएपनि बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । बाल यौन दुरुपयोगको दोषी ठहर भएका कारण उनलाई जेल सजाय र जरिवाना गरिएको हो ।

आचार्यको इजलासले पललाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । त्यस्तै, पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको छ ।

तर, शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँबाट समेत सफाई पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।