पल शाहलाई पक्राउ गर्ने प्रहरीको तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पल शाहलाई पक्राउ गर्ने प्रहरीको तयारी



चर्चित नायक पल शाह पक्राउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौनजन्य अपराधको उजूरी परेपछि पक्राउ पर्ने भएका हुन् ।

प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन् । तनहुँमा घटना घटेकाले त्यही पुगेर समिक्षाले जाहेरी दिएकी हुन् । प्रहरीले जाहेरी लिएसँगै अनुसन्धानका लागि पहल शाहलाई पक्राउको तयारी भएको बुझिएको छ ।

पल शाहलाई तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुन भनिने र नआए पक्राउको तयारी गरएको बुझिएको छ ।

१७ वर्षकी समिक्षामाथि पलले शारीरिक सम्पर्क गरेको अडियो समेत सार्वजनिक भइसकेको छ । घटनाका बेला उनी अझ कम उमेरको भएको विषय आइरहेको छ ।

नाबालिगमाथि यौनजन्य क्रियाकलाप गरेमा कानून अनुसार बलात्कार सरहको सजाय हुने गर्छ । विकसित मुलुकहरुमा यस्तो विषयलाई गम्भीर अपराध मानिन्छ ।

हालैमात्र बेलायतका राजकुमार एन्ड्रीउले दुई दशक अघि एकजना नाबालिगमाथि यौनजन्य क्रियाकलाप गरेकोमा ठूलै मूल्य चुकाउनुपरेको थियो । उनले पछि ठूलो धनराशी क्षतिपूर्ति दिएर मिलापत्र गराएका थिए ।