पोखरा दुई सय जनाको स्वास्थ्य परीक्षण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पोखरा दुई सय जनाको स्वास्थ्य परीक्षण



हिमाल पोष्ट/ पोखरा, ६ मङ्सिर । कास्की जिल्लाको चापाकोट गाविसमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २१२ जनाको स्वास्थ्य परीक्षण गरियो ।

अभियान युवा क्लबको १० औँ वार्षिकोत्सवको अवसरमा आयोजित सो शिविरमा मेडिकल, स्त्रीरोग तथा प्रसूति, नाक, कान, घाँटी रोगको परीक्षण गरिएको थियो ।

शिविरमा रिजनल हस्पिटलबाट बालरोग विशेषज्ञ डा यज्ञराज सिग्देल, मेडिकलसम्बन्धी डा मनोज कोइराला, स्त्री तथा प्रसूति विशेषज्ञ डा तारा गुरुङ, नाक÷कान÷घाँटी रोग विशेषज्ञ डा आकाशमणि भण्डारीले बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।