यसकारण भयो पोखराको न्युरोडमा भीषण आगलागी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यसकारण भयो पोखराको न्युरोडमा भीषण आगलागी



काठमाडौँ । पोखराको न्युरोडस्थित एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।

दिउँसो साढे ४ बजेबाट पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्केटको अगाडि रहेको नव दुर्गा फर्निचर उद्योगमा आगलागी भएको हो ।

सुरुमा फर्निचर उद्योगमा लागेको आगो ४/५ वटा पसलमा फैलिएको छ । आगो नियन्त्रणका लागि ४ वटा दमकलको प्रयोग भइरहेको छ भने स्थानीय, प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियनत्रणमा लिने प्रयास गरिरहेको छ ।