५५ हजार मत गन्न बाँकी, विष्णु पौडेलको झिनो अग्रता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

५५ हजार मत गन्न बाँकी, विष्णु पौडेलको झिनो अग्रता



रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले झिनो मतले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई ७४० मतान्तरले पछि पार्दै पौडेलले अग्रता कायमै राखेका हुन् । २५ हजार ३५ मत गणना गर्दा एमालेका विष्णु पौडेलले ८ हजार ५९४ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका रास्वपाका पौडेलले ७ हजार ८५४ मत पाएका छन् ।

सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनमुक्ति पार्टिका केशवबहादुर थापाले ६ हजार ६०४ मत पाएका छन् । यो क्षेत्रमा ८१ हजार २०२ मत खसेको थियो । अब गन्न बाँकी मत ५५ हजार बढी छन् ।