प्रचण्डको एक दिन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको एक दिन



काठमाडौं-

माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका लागि चितवन ३ का उम्मेदवार पुष्पकमल दाहाल अहिले निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । पुत्रवियोगको पीडासँगै निर्वाचनमा होमिएका दाहाललाई कान्तिपुरले सोमबार दिनभर पछ्यायो ।

निर्वाचन अभियानमा आइतबार साँझ माडी पुगेर बास बसेका उनी सोमबार बिहानैदेखि साँझसम्म चुनावी भेटघाट र सभामा हतारहतार दौडिरहे । उनको दैनिकी बिहान पौने ६ बजे सुरु भएको थियो ।

बिहानै उनी ‘मर्निङ वाक’ मा निस्किए । स्थानीय नेताहरूको सल्लाहअनुसार कालो चिया पिउँदै मतदाता भेट्ने गरी उनको मर्निङ वाक सुरु भएको थियो ।

दाहाल वसन्तपुर हँुदै इनारबरुवासम्म हिँडे । मर्निङ वाकका क्रममा स्थानीयसँग चिया पिए र विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेलाई स्वागत गर्न पनि भ्याए ।

आइतबार बेलुका ८ बजेसम्म चुनावी कार्यक्रममा व्यस्त रहेका दाहाल माडीवासीसँंग सम्बन्ध सुधार्न तेस्रो पटक त्यहाँ

पुगेका थिए । मतदातासँग नजिकिन त्यहीं बास बसेका थिए, माडी ५ स्थित दिवाकर बालग्राममा । माओवादीले २०६२

जेठमा माडीको बाँदरमुढेमा बस एम्बुसमा पार्दा ४२ को मृत्यु भएको थियो । त्यसयता माडीवासी दाहालसँग त्यति खुसी छैनन् । त्यसको प्रभाव मतपरिणाममा नपरोस् भन्ने ध्याउन्नमा दाहाल देखिन्थे ।

उनले बिहानको खाना बालग्राममै खाए र सामूहिक तस्बिर खिचाए । अनि प्रचारप्रसारमा निस्किए । उनी इनरबरुवा, कल्याणपुर हुँदै स्याउलीबास पुगे । त्यहाँ पुग्दा बिहानको साढे ९ बजेको थियो ।यो खबर आजकोकान्तिपुरमा छ ।