पुडासैनी आत्महत्या प्रकरण:घटनाले लियो नयाँ मोड ,बारम्बार लामिछानेको नाम मुछियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

पुडासैनी आत्महत्या प्रकरण:घटनाले लियो नयाँ मोड ,बारम्बार लामिछानेको नाम मुछियो



काठमाडौं। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ। मृतकको परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो।

आजको जनआस्था साप्ताहिकमा खबर छ–२०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लेखित समाचार प्रकाशित भयो। खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आत्महत्या गरिन् । तर त्यसमा न सुसाइड नोट न त मृतकको कुनै पनि बयान, केही पनि थिएन। मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनि जनआस्था परिवारले माफी माग्दामाग्दै पनि २ वर्षसम्म ज्यान मुद्दा झेल्नुपर्‍यो, रवि लामिछानेहरूले अहिले पनि त्यो प्रकरण बेलाबखत उछालिरहन्छन्।

अहिले त स्वयं मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोष दी किटान गर्दै सजायको माग गरेका छन्। यस प्रकरणमा माफी माग्नु त परै जाओस उल्टै मृतकलाई लाञ्छित गर्ने काम हुँदैछ।

मानिस किन यति साह्रो अमानवीय हर्कत गर्छ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार्न तयार हुन्न ? दुईवटै अडियो–भिडियो टेपमा भएको विवरणमा भनिएको छ, ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए।

तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पुर्‍याए।

थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने कोठाभाडा यताउता सबै त्यसैले पर्‍याउनुपर्ने। प्यारी सम्झना मैले कसरी सक्नु ? रवि दाइ मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही कोही दीनदुःखीको उद्दार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रूप देख्नेछ। मसँग प्रमाण छ आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ। तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्ने छ।’

कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’

आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन् ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरू डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छौँ भन्दै रालुका गाविस ओखलढुंगाकी केटी ‘‘ कार्कीको पछि लगाए।

त्यही केटीलाई मैले बीपी स्मृति हस्पितल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर पसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’

नुवाकोट बेलकोटगढी ३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्महत्याको बाटो रेजेको विषय राजनीतिक कानुनी र पत्रकारिता क्षेत्रमा चर्चाको विषय बनेको छ। भ्रष्टाचारमा मुछिएका कर्मचारीहरूले एकपछि अर्को गर्दै आत्महत्या गरिरहेको श्रंखलामा पत्रकार पुडासैनीको आत्महत्या नितान्त फरक छ। कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ।