कतार जानेलाई थप समस्या: नेपाललाई 'रेड जोन'मा राख्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कतार जानेलाई थप समस्या: नेपाललाई ‘रेड जोन’मा राख्यो



काठमाडौं- कतारले नेपाललाई कोरोना रेड जोनमा राखेको छ । यससँगै वैदेशिक रोजगारी र अन्य कामका लागि कतारमा जाने नेपालीहरूले अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको जोखिमयुक्त मुलुकको सूचीमा नेपाल पनि परेको हो ।कतारले नेपालसहित १० मुलुकलाई कोरोना भाइरसको उच्च जोखिम सूचीभित्र राखेको छ ।

नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इजिप्ट, इण्डोनेशिया, फिलिपिन्स, सुडान र दक्षिण सुडानलाई कतारले कोरोनाको उच्च जोखिमकाे सूचीमा राखेकाे कतारी पत्रिका द पेनन्सुलाले त्यहाँकाे स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।

उच्च जोखिमको सूचीमा परेका देशबाट आउने नागरिकले कम्तीमा एक हप्ता क्वारेन्टाइन बस्नु पर्ने जनाइएको छ । यो नियम सोमबारदेखि लागू हुने पेनन्सुलामा उल्लेख छ ।

कतारले विश्वका १ सय ८१ मुलुकहरूलाई कोरोनाको हरियो सूचीमा राखेको छ । यी देशबाट आउने विदेशी नागरिकका हकमा क्वारेन्टाइन लगायतको प्रक्रिया पूरा गर्नु नपर्ने जनाइएको छ ।