रविन्द्र मिश्रको साझा पार्टी र विवेकशिल नेपालीबीच एकता हुँदै ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रविन्द्र मिश्रको साझा पार्टी र विवेकशिल नेपालीबीच एकता हुँदै !



काठमाडौं,  चैत १।

राजनीतिबाटै मात्र देशको आमूल परिवर्तन सम्भव ठानेर पत्रकारिता छाडेर पार्टी खोलेका रविन्द्र मिश्र अहिले देश विदेशमा संगठन विस्तारमा व्यस्त छन् । अहिलेका पार्टीहरुबाट देशको परिवर्तन सम्भव नभएको भन्दै उनले साझा पार्टी खोलेर त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेटिरहेका छन् । तुलनात्मक रुपमा बुद्धिजीवीहरुलो सकारात्मक ठानेका छन् ।

पार्टी स्थापनाको सुरुमै उनले अर्को पार्टीसँग मर्ज गर्ने सम्भावना बढेको छ । तीन वर्षअघि स्थापना भएको विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकीकरणका लागि वार्ता अघि बढेको स्रोत बताउँछ ।

विभिन्न क्षेत्रका स्थापित युवाहरु मिलेर स्थापना भएको विवेकशील पार्टीले दोस्रो संविधानसभा निर्वाचनमा भाग लिइसकेको छ । कतै विजय प्राप्त गर्न नसकेपनि उक्त पार्टीले समाजको एउटा वर्गमा प्रभाव जमाइसकेको छ ।

बीबीसी नेपालीको मासिक ६ लाखको जागिर छाडेर राजनीतिमा आएका मिश्रलार्य पनि धेरैले प्रोत्साहित गरेका छन् । तर, दुवै पार्टीलाई मन पराउने सर्वसाधारणहरु भने एकै छन् । जसकारण सामाजिक सञ्जालमार्फत दुवै पार्टी मिल्न दबाब दिइएको थियो ।

सोही अनुसार दुई पार्टीबीच वार्ता अघि बढेको छ र पार्टी एकीकरणको प्रबल सम्भावना रहेको स्रोत बताउँछ । साझा पार्टीमा पदहरुको टुंगो लागिसकेको छन । जसकारण एकीकरणपछि पदहरुको विषयमा टुंगो लगाउने गरी छलफल अघि बढाइएको छ ।

यो खबर आजको दृष्टि साप्ताहिकमा  छ ।