राजन भट्टराईको भव्य पराजयले ओलीलाई धक्का - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजन भट्टराईको भव्य पराजयले ओलीलाई धक्का



काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्त निकट मानिने डा. राजन भट्टराई पराजित भएका छन् ।

यसपटक जसरी पनि जीत निकाल्ने लक्ष्यका साथ चुनावमा होमिएका भट्टराई भारी मतले पराजित भएपछि एमालेलाई थप धक्का लागेको छ ।

राजनलाई हराउँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन्। भावी प्रधानमन्त्रीको रूपमा आफुलाई प्रस्तुत गरेका थापाको यो जीत अघिल्लो चुनावको भन्दा भव्य छ ।

सुरुवातबाट अग्रता कायम राखेका थापाले एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई पराजित गरेका हुन्। २०७४ मा पनि थापाले भट्टराईलाई नै पराजित गरेका थिए ।

थापाले २१३०२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराईले १३८७५ मत प्राप्त गरेका छन्। राप्रपाका डा.शंकरमोहन श्रेष्ठले ४०५० मत ल्याएर तृतीय भएका हुन्।