राजनीतिक दलहरुलाई निरुत्साहित गर्ने मनसााय छैन :गृहमन्त्री शर्मा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राजनीतिक दलहरुलाई निरुत्साहित गर्ने मनसााय छैन :गृहमन्त्री शर्मा



काठमाडौं, साउन १८ ।

गृहमन्त्री जनार्दन शर्माले प्रतिनिधी सभा सदस्यको निर्वाचन सम्बन्धमा ब्यवस्था गर्न बनेको विद्येयक–२०७४ मा राजनीतिक दलहरुलाई निरुत्साहित गर्ने मनसााय नभएको बताएका छन ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा बुधबार ‘प्रतिनिधी सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक–२०७४’ बारे बोल्दै मन्त्री शर्माले सो कुरा बताएका हुन ।

विगतका ऐनहरुमा भएका व्यवस्थालाई विद्येयकमा समावेश गरिएको जानकारी दिँदै मन्त्री शर्माले भने, ‘सम्मानित समितीमा छलफलको क्रममा आउने निष्कर्षको आधारमा विद्येयकलाई परिमार्जन गर्न सकिन्छ ।’

‘निष्पक्ष रुपमा निर्वाचन गर्नका लागि आवश्यक सिद्धान्तहरुलाई मध्यनजर गरेर हाम्रो आवश्यकता र मागलाई संवोधन गर्ने कुरा विद्येयकमा प्रस्तुत गरिएको छ’ मन्त्री शर्माले भने, ‘महिला, अल्पसंख्यक, आदिवासी जनजाती, थारु, दलित, मधेशी, मुस्लिम, अपांगता भएका व्यक्तिहरु तथा पिछडीएको क्षेत्रको प्रतिनीधित्व सुनिश्चित गर्ने व्यवस्था विद्येयकमा प्रस्तावित भएका छन् ।’

सांसदहरुले पेश गरेको संसोधन प्रस्तावको बारेमा समितिमा दफावार छलफल गरेर निष्कर्षमा पुग्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले तोकिएको समयमा पतिनीधिसभाको निर्वाचन सम्पन्न गर्नका लागि विद्येयक प्रस्तुत गरिएको बताए ।

बैठकमा सांसदहरुले विद्येयकबारे आफ्ना धारणा राखेका थिए । विद्येयकबारे बोल्दै पुर्व गृहमन्त्री बामदेव गौतमले मतदाताले ‘मत दिन्न’ भन्ने व्यवस्था जबरजस्ती ल्याईएको दावी गरे । ‘यो व्यवस्थाका कारण एनजिओहरुले जनतालाई भड्काउन सक्छन्, संविधानमा ‘मत दिन्न’ भन्ने प्रावधान छैन, अनि ऐनमा कसरी आउन सक्छ ?’ उनले भने, ‘यो व्यवस्था असंवैधानिक छ, यसले नेपालको राजनीतिक सिस्टमलाई अवज्ञा गर्न खोजेको छ ।’

सांसद मिना पुनले विदेशमा रहेका नेपालीले मत हाल्न पाउने र समानुपातिक तर्फ उम्मेद्वार समेत हुन पाउने व्यवस्था हुनेगरी विद्येयक परिमार्जन गर्नुपर्ने बताइन ।