राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राप्रपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता



 

२५ साउन, काठमाडौं ।
सरकारले पार्टी फुटाउन भूमिका खेलेको भन्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

राप्रपा बिभाजनमा भूमिका खेलेको उसको आरोप छ । साथै शेरबहादुर देउवा नेतृत्वको सरकार मधेस समस्या समाधान गर्न उदासिन भएको राष्ट्रिय एकता दिवस मनाउन गरेको आग्रहलाई उपेक्षा गरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको र आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको आरोप लगाएको छ ।