रवी लामिछानेले घटाए मतान्तर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रवी लामिछानेले घटाए मतान्तर



पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर घटाउन थालेका छन् ।

एमालेका उम्मेदवारले एकाएक अग्रता कायम गरिरहेका बेला रवीले मतान्तर घटाउन थालेका हुन् । उनी अहिले दुई गुणा मतले पछि परेका छन् ।

कूल ३ हजार ९५१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिँदै १ हजार ५६६ मत पाएका छन् ।

दोस्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत पाएका छन् । यस्तै रवि लामिछानेले ८२६ मत पाएका छन् ।