रवी लामिछानेले गरे उपप्रधानमन्त्रीबाट हट्ने संकेत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रवी लामिछानेले गरे उपप्रधानमन्त्रीबाट हट्ने संकेत



काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीबाट आफु हट्ने संकेत गरेका छन् ।

उनले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताउँदै यस्तो संकेत गरेका हुन् ।

शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भए पनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाउन पनि तयार रहेको बताएका हुन् ।

उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन सुरु गर्न पनि तयार रहेको उल्लेख गरे ।

गृहमन्त्री लामिछानेले आफूले सरकारबाट काम गर्दा नतिजा निकाल्ने गरी काम गर्ने पनि उल्लेख गरे । उनले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै समात्ने पनि बताए ।

मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् ।

शनिबारको संसद् बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो ? भन्दै प्रश्न गरेका थिए ।