ओलीनिकट नेताहरु र रावलनिकट नेताहरूको छुट्टाछुट्टै बैठक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ओलीनिकट नेताहरु र रावलनिकट नेताहरूको छुट्टाछुट्टै बैठक



चितवन- चितवनमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका भीम रावल आफ्नो अडानमा टसमस नहुँदा बन्दसत्र नै प्रभावित बनेको छ । बन्दसत्र सुरु हुनुअघि नेताहरुले आन्तरिक छलफल गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र उनीनिकटका नेताहरुबीच नेतृत्व चयनका विषयमा छलफल भइरहेको छ । त्यस्तै अध्यक्षका आकांक्षी भीम रावलले पनि छलफलका लागि आफूनिकटका नेताहरुलाई बोलाएका छन् ।

अहिलेसम्म भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि आइतबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसँगै केन्द्रीय कमिटी बढाउने निर्णय गरेको थियो । यससँगै आकांक्षीहरु पनि बढेकाले नेताहरुको व्यवस्थापन गर्न सकस भइरहेको बुझिएको छ ।

अध्यक्ष ओली भने सकेसम्म चुनाव नगराउने मुडमा रहेको निकटस्थ नेताहरुले बताइरहेका छन् ।