एमालेकै कार्यकर्ताबाट रावलमाथि सुरक्षा खतरा, सुरक्षा व्यवस्था कडा पारियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेकै कार्यकर्ताबाट रावलमाथि सुरक्षा खतरा, सुरक्षा व्यवस्था कडा पारियो



चितवन- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलमाथि सुरक्षा खतरा भएको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमालेको अध्यक्षमा उम्मेद्वारी दिएपछि उनीमाथि सुरक्षा खतरा बढेको भन्दै उनी बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उनको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

शनिबार राति उनी बसेको होटलमा हतार-हतार सशस्त्र प्रहरीको टोली खटाइएको हो। उनीमाथि एमाले कार्यकर्ताहरुबाटै सुरक्षाको खतरा देखेर सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने बताइरहेका बेला उनले आफ्नो अडान कायम राखेका छन्। बन्दसत्रको हलले उम्मेदवारहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो। लगत्तै आफ्ना कुरा राखेका रावलले आफूलाई हलको निर्णय मान्य नभएको बताए।

जवाफमा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव स्वीकार्य नभए मनोनयन दर्ता गर्न आग्रह गरे। तर, केका लागि लड्ने हो त्यो चाहिँ अलिकति विचार गर्नुपर्ने ओलीले बताए।