निकै मर्म स्पर्शी लोकदोहोरी गीत “रोप्प छुरा” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

निकै मर्म स्पर्शी लोकदोहोरी गीत “रोप्प छुरा” बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

प्रेमी प्रेमिका वा आफ्नो मायालुसँग बिछोडियको पिडा समेटिएको “ रोप छुरा ” बोलको निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियोसामाजिक सञ्जाल युटुबमा बाट हालै मात्र सार्वजनिक भएको छ ।

गीतमा गायक कमल साईलो र चर्चित गायिका पुर्णकला बि.सीको स्वर रहेको छ यस्तै कमल साईलो र दर्पण यात्रीको शब्द रहेको सो गीतमा सङ्गीत ऋषि खड्मा रहेको छ ।

मोडल आशा खड्का, अाल्सन क्षेत्री र हरि अधिकारीको अभिनय रहेको सो गीतको म्युजिक भिडियो बबिता श्रेष्ठले निर्देशन गरेकी छन् । मुकेश हुमागाईको छायाङ्कन रहेको भिडियोलाई अविनाश डी.सीले सम्पादन गरेका छन् । गीत प्रियसी म्युजिक प्रा.लीबाट बजारमा आएको छ ।

https://youtu.be/3wB1HtXAt-0