रसियामा ठुलो भूकम्प: सुनामीको चेतावनी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रसियामा ठुलो भूकम्प: सुनामीको चेतावनी



एजेन्सी- बुधबार बिहान रसियाको कुरिल टापुलाई केन्द्र बनाएर गएको ७.५ म्याग्निच्युडको भूकम्पसँगै सुनामीको चेतावनी दिइएको छ ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ५९ किलोमिटर (३७ माइल)को गहिराईको उक्त भूकम्प उत्तर-पूर्वी जापानी शहर सप्पोरोबाट १,४०० किलोमिटरको दूरी आसपासलाई केन्द्र बनाएर गएको हो ।

भूकम्पपछिको क्षतिबारे कुनै विवरण प्राप्त भइसकेको छैन । द गार्जिएनका अनुसार भूकम्पको इपिसेन्टरको १००० किलोमिटर आसपास सुनामीको चेतावनी दिइएको छ ।

यसअघि पनि यति शक्तिशाली भूकम्पपछि शक्तिशाली सुनामी आउने गरेको अमेरिकन राष्ट्रिय सुनामी चेतावनी केन्द्रले विश्लेषण गरेको छ ।