रंग पत्रकार सविन शाक्यद्वारा आत्महत्या - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रंग पत्रकार सविन शाक्यद्वारा आत्महत्या



हिमाल पोस्ट /काठमाडौं ,असार २३ 

चालिसको दशकदेखि रंग पत्रकारिता गर्दैआएका रंग पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन्।  ५३ वर्षिय पत्रकार सविन शाक्यले शुक्रबार साँझ करिब साढे ५ बजे बस्दै आइरहेको गौरीघाट कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेका हुन् ।

आत्म हत्याको बारेमा केही जानकारी प्राप्त हुन नसकेपनि घटनास्थल गौरीघाटवाट तीन पेजको सुसाइट नोट प्रहरीले भेटाएको  बताईएको छ ।पत्रमा परिवारको चाहना पुरा गर्न नसकेको दुःख व्यक्त गरेका छन्   ।

उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । काठमाण्डौंका स्थायी उनी गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका थिए । पत्रकार शाक्यको शवको पोष्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिविवि शिक्षण अस्पतालमा राखिएको छ ।

केही समय यता चलचित्र निर्माताको रुपमा पनि देखिएका पत्रकार शाक्य निर्मित पछिल्लो चलचित्र ब्लांक डायरी हो।