सैनामैनामा एमालेले बढायो मतान्तर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सैनामैनामा एमालेले बढायो मतान्तर



रुपन्देहीको सैनामैना नगरपालिकामा रोचक भिडन्त भैरहेको छ । मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेको अग्रता कायमै राखेको छ । पहिले झिनो मतले अगाडी रहेको एमालेले मतान्तर बढाउँदै लागेको छ ।

वडा नम्बर १ को ५०० मत गणना हुँदा नेकपा एमालेका चित्रबहादुर कार्कीले २१९ मत र विना मगरले २३३ मत पाएका छन् । कांग्रेस-माओवादी केन्द्र गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका फणिन्द्र शर्माले २१६ र माओवादीका मानबहादुर महतले २२४ मत पाएका छन् ।

कार्की निवर्तमान मेयर हुन् भने शर्मा २०७४ को चुनावमा पनि कार्कीका प्रतिस्पर्धी थिए । यो वडामा राप्रपाले ६ र नेकपा एकीकृत समाजवादीले २ मत पाएका छन् ।