मुम्बई प्रहरीले दियो सलमान खानलाई बन्दुक राख्ने लाइसेन्स - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मुम्बई प्रहरीले दियो सलमान खानलाई बन्दुक राख्ने लाइसेन्स



मुम्बई- भारतीय सुपरस्टार सलमान खानले बन्दुक राख्ने अनुमति पत्र (लाइसेन्स) पाएका छन् । मुम्बई प्रहरीले खानलाई बन्दुक राख्ने अनुमति दिएको हो ।

लगातार धम्की आउन थालेपछि सलमानले प्रहरीसँग बन्दुक राख्ने अनुमति मागेका थिए । गुण्डागर्दी गर्नेहरूले ज्यान मार्ने धम्की दिएको भन्दै केहिदिन अगाडी प्रतिरोधका लागि बन्दुक राख्न सलमानले निवेदन दिएको प्रहरी अधिकारीले बताएका छन्।

केही गिरोहहरूबाट धम्की आएपछि प्रहरीले सलमानको सुरक्षा बढाएको थियो । धम्कीपछि सलमानले हालै मुम्बई प्रहरीका अधिकारीहरू विवेक फंसालकर र विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गरी छलफल गरेका थिए ।

प्रहरीको सल्लाह र परामर्शपछि सलमानले दिएको आवेदनका आधारमा प्रहरीले बन्दुक राख्ने लाइसेन्स दिएको प्रहरी अधिकारीले बताएका छन् ।

यसअघि पनि सलमान र उनका पिता सलिम खानलाई धम्की दिने अनजान पत्र पाएपछि एफआईआर दर्ता भएको थियो ।