सामाजिक सञ्जालको क्रेज
हरि थापा
विज्ञान प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै आएको छ।कमाउ धन्दा गुमाउ धन्दा दुवै प्रकारको खेती भइरहेको छ त्यति मात्र हैन साथी बनाउने र शत्रु कमाउने काम पनि उत्तिकै स्थान छ साथै कसै प्रति लक्षित गरी ब्यङ्ग्य र अाक्रोस पोख्ने र केही सदभाव राख्ने काम सञ्जालको प्रयोग बाट हुँदै आएको छ।
आजकल मान्छेहरू चिया पसल भट्टी पसल धाउन छाडेका छन्। घोत्लिदै उदोमुन्टो लगाएर एकोहोरो मोबाइलमा हेर्ने नशाले मज्जाले गाजेको छ। टन्न दारु पिएर झ्यापको तालमा गर्ने कुराहरू सजिलै फेसबुकमा पोस्ट गर्दिन थालेका छन् राम्रा होस वा नराम्रो जे जस्तो भए पनि धकलाज नमानी पोष्टिने गर्छन्।
अनि यस्ता क्रियाकलाप बाट आउने नतिजा कमेन्ट,गाली,गलैजा अलावा केही हुँदैन। सामाजिक सञ्जाल यति बेला फोहोर, क्रुर,हिंस्रक बनेको छ चाहे राजनीतिक विषयमा होस सामाजिक अथवा अन्य विभिन्न विषयमा फेसबुक टुईटर विवाद गर्ने एउटा प्लेटफर्म बनेको छ।साथै केही आफूलाई बुद्धिजीवी जान्नेसुन्ने उपल्लो दर्जाको वरिष्ट ठान्नेहरुले नै अनैतिक अश्लील र विवास्पद शब्दको चयन गरी नेपाली समाजमा पाच्य नहुने भ्रामक कुरा गर्दै आफ्नो गोप्यता भङ्ग गर्दै आफ्नै बेईजत गरेका छन् ।
सामाजिक सञ्जालमा कुनै मापदण्ड भएन जसले जसरी प्रयोग गर्दा पनि हुने देखियो पटक पटक यस्तै भईसहेको छ अनेकोै पात्रहरु
विभिन्न विषयमा अाक्रोसित हुँदै आफ्नो होस गुमाउदै गर्जिने गर्छन् जसको कारण विवादित हुनुको साथै दुष्ट र रुष्ट बन्दछन।
सामाजिक सञ्जालमा हुने गरेको विवाद देख्दा लाग्छ मिल्ने भए सामाजिक सञ्जालबाट गृहयुद्ध भई रक्तस्राव मच्चिने थियो धन्न मार्क जुकर्वगले त्यो अपसन नराखेर राम्रो काम गरेछन। हैन भने त सञ्जाल रगतले पोतिने रहेछ विवादित पात्रहरु प्रति सहानुभूति व्यक्त गर्नुको साथै यति विध्न अाक्रोस प्रहार गर्छन् भनिसाध्य छैन।
सामाजिक सञ्जालमा विवास्पद कुरा गरेकै भरमा हिट हुन खोज्ने पात्रहरु पनि कमी देखिएन तर महासयहरुले यो बुझ्न जरुरी छ सामाजिक सञ्जाल मार्फत करोैडोै गुमाउने र कमाउने दुवै खालको मान्छे देखिएका खबरहरु ताजा नै छ। मुख्य कुरा कसरी यसलाई प्रयोग गरिएको छ यी यावत कुरामा निर्भर रहन्छ।
सामाजिक सञ्जाल फेसबुक टुईटर ईष्टाग्राम गुगलप्लस ह्वाट्सएप लाइन आदि इत्यादि पछिल्लो समयमा विश्वमा सबैभन्दा व्यापक प्रयोगमा रहेको मध्य सबैभन्दा ठुलो सोसल नेटवर्किंग साइड फेसबुक हो।
फेसबुकको मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या डेढ अर्ब नाघिसकेको छ । एक दिनमै अरबोैँ मानिसले फेसबुक चलाउन थालेका छन् । फेसबुक हाम्रो यति नजिकको साथी बनिसकेको छ की यसमा हामीले हाम्रो जीवनका धेरै कुराहरू शेयर गर्न थालिसकेका छौँ । हाम्रा सोँच, विचार, भावना, अवस्थिति, योजना, जानकारी, सूचना तथा तथ्याङ्क लगायतका कुराहरू फेसबुकमा शेयर गर्ने तथा साथीभाइ तथा परिवारसँग जोडिने तथा सम्पर्कमा रहने सजिलो माध्यम बनिरहेको छ ।
समय सान्दर्भिक र पटक पटकको अपडेटमा नयाँ नयाँ फिचर साथै एकै ठाउँमा अनेकोैँ सुविधा प्रयोग गर्न सकिने भएर साथै एचडी भर्सनका भिडियो हेर्न सकिने हुँदा स्वभाविक यसको प्रयोग बढेको हो।
यसका केही सकरात्मक पक्ष हुँदा हुँदै पनि नकरात्मक पक्षले सीमा नाघेको छ टाढाको आफन्तलाई दैनिक भेटघाट गर्न पाउनु हाई हेल्लो”सन्चो,विसन्चो,एकै छिनमा थाहाँ हुनु लाईभ टकमा मा जोडिन सकिने हुँदा परिवार आफन्तको दुखसुख बाड्ने पुलको काम गरिरहेको छ।यस अलावा अन्य धेरै फाइदाहरू छन्।
पछिल्लो समयमा अन्य देशको दाजोमा नेपालमा यस्ता संञ्जाल चलाउनेको क्रेज ह्वात्तै बढेको छ स्कुले केटा केटी देखि हजुरअामा बुबा सम्मको क्रेज फेसबुकमा बढेको सत्य हो यसलाई केही व्यक्तिले सही सदुपयोग गरी सही काम गरिरहेका छन् भने धेरैले चरम दुरुपयोग गरेका छन्।
सामाजिक संञ्जाल यति शक्तिशाली चिज बनेको छ जहाँ सानो गल्ती मात्र हुन पुग्यो भने केही बेरमै मान्छेलाई भाईरल बनाउने गर्छ यस्तै भाईरल हुन चाहनेहरुले फेसबुक टुईटरको चरम दुरुपयोग गरेका छन् ।
अश्लील शब्द प्रयोग गर्ने देखि लिएर एकले अर्काको विषयमा कटाक्ष गर्ने, अनेकोै विवास्पद कुरा लेख्ने व्यक्तिको चरित्रमाथि प्रहार गर्ने यस्ता क्रियाकलाप निकै बढेको छ।
यसलाई भन्छन् माल पाएर पनि चाल नपाउने केही व्यक्तिले आफ्नो चरित्रको आफै चरित्रहत्या गरिरहेका छन्,उदाङ्गिदै पब्लिक सामु छाएका छन् यसले स्पष्ट बुझिन्छ अझै पनि सञ्जालको प्रयोग गर्ने जानेका छैनन् यसरी अनेकोैँ किसिमका समाज व्यक्तिलाई प्रत्यक्ष असर पार्ने खालका प्रवृती देखाउदै प्रयोग गर्दै जाने हो भने नेपाली भेडा भन्दा माथि नउठ्ने पक्का छ अझै पनि भेडाको संज्ञा लिदै बाच्नु तितो यथार्थ छ।
केही कु-नियती भएका व्यक्तिको कारण सभ्य र सत्य बाटोमा हिडिरहेका हरुलाई पनि प्रत्यक्ष अप्रत्यक्ष असर गरिरहेको छ आजकल एउटा सभ्य मानिसलाई कु- पात्र सँग लगेर तुलना गर्दै फलानोले यसो गर्यो त्यसो गर्यो,कडा जवाफ दियो जस्ता उश्रृङखल र उत्पट्याङ गर्दै लेखि दिने अनलाइन समचारका कारण पनि मानिसहरूले अनाहकमा पिडा खेप्नु परिरहेको छ ।
एउटा सभ्य पात्रलाई लगेर कुपात्र जसको नियती खराब आचरण छ त्यस्ता मान्छे सँग तुलना गर्दै यसो र त्यसो गर्यो भन्दा यसले व्यक्तिको चरित्रमा ठुलो हानी पुर्याउछ यसलाई सबैले एक पटक सोच्नु पर्ने अवस्था आएको छ।
भाईरल हुने दाऊ मा आफू सर्वाङ्ग भएको विर्सिसकेका छन् खै किन हो सभ्य मानिस भनेर कहलिने हरू लेखक भनेर चिनेने पनि सञ्जालमा सक्रिय हुँदै विवास्पद अभिव्यक्ति दिने र सञ्जाल नै दुर्गन्ध हुने गरी चाहिने नचाहिने कुराहरू लेख्दा आजको दिनमा धेरै मान्छेहरू बदनामी सहन बाध्य भएका छन्।त्यसैले सामाजिक सञ्जाल सभ्य र सचेत भएर प्रयोग गर्नु जरुरी छ ।