साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिपमा एनका विजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिपमा एनका विजयी



एडीलेड- साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिप २०२१/०२२ क्रिकेट प्रतियोगितामा एडिलेड नेप्लिज क्रिकेट एसोसियसन (एनका )ले पाराहिल्स क्रिकेट एसोसियसन माथि विजय हासिल गरेको छ। साउथ अष्ट्रेलियन मेट्रोपोलिटन क्रिकेट एसोसियसन (साम्का) ले आयोजना गरेको साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिपको फाइनल खेलमा पाराहिल्स क्रिकेट एसोसियसनको टिमलाई १६ रनले हराउदै एडिलेड नेप्लिज क्रिकेट एसोसियसनले च्याम्पियनसिपमा विजय हासिल गरेको हो। एनका टिमले पहिला व्याटिङ गर्दै १९.२ ओवरमा १३५ रन बनाएको थियो ।

एडिलेड नेप्लिज क्रिकेट एसोसियसनको १३६ रनको चुनौतीका लागि मैदानमा उत्रिएको पाराहिल्सको टिमले १८.५ ओभरमा अलआउट हुदै ११९ रन मात्र बनाउन सफल भएको थियो ।

साउथ अष्ट्रेलियन प्रिमियरका ए श्रेणीका खेलाडी समेत रहेका कप्तान सुनम गौतमले ७५ रन सहित उत्कृष्ट खेल प्रदर्शन गर्दै म्यान अफ द म्याच भएका थिए । नेप्लिज क्रिकेट एसोसियसन (एन्का)का अध्यक्ष विजय जोशीले खेलाडी तथा प्रशिक्षकहरुको मेहनतले संभवत अष्ट्रेलियाको नेपाली समुदायको क्रिकेट ईतिहासमै उच्च तहको खेलमा सफलता प्राप्त गर्न सफल भएको बताए ।

उनले प्रवासमा अध्ययन तथा रोजगारीको सिलसिला रहेका नेपाली समुदायले यस्तै खेलहरुमा हासिल गर्ने जितले मातृभूमिलाई चिनाउने अवसर समेत भएको बताए । जोशीले टिमका सिनियर खेलाडीहरुको सफलताले एन्का जेम्सका जुनियर १२ वर्ष तथा १० वर्ष मुनीका खेलाडीहरुमा ठुलो उत्साह थपेको जस्ले भविष्यमा नया पुस्ताले निकै ठुलो विजय र अवसरहरु प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

साउथ अष्ट्रेलियको मेट्रोपोलिटन क्षेत्र भित्रका २५ भन्दा बढी क्रिकेट एसोसियसनका उत्कृष्ट टिमहरुको सहभागीमा भएको यस च्याम्पियन सिपको फाइनल खेल साउथ अष्ट्रेलियाको मुख्य पर्यटकीय क्षेत्र ग्लेनेल स्थित ग्लेनेल ओवलमा भएको थियो ।