सांसदहरूको भ्रष्टाचार वाला भिडियो सार्वजनिक गर्नेलाई कारबाही गरिने - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सांसदहरूको भ्रष्टाचार वाला भिडियो सार्वजनिक गर्नेलाई कारबाही गरिने



काठमाडौँ- सांसदहरूको भ्रष्टाचारको भिडियो सार्वजनिक गर्नेहरुमाथि छानबिन गर्न प्रहरीको साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको छ।

संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा जोडी केही सदस्यहरुबिरुद्ध बनाइएको भिडियोमा उनीहरूको आपत्ति रहेको छ ।

सदस्यहरुको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै लेखाले साइबर क्राइममा कारबाही गर्न ब्युरोलाई निर्देशन दिएको हो।

लेखा समितिले फेसबुकमा पोस्ट गर्ने प्रभात किशोर उपाध्याय र सदस्यहरुको चरित्रहत्या गरी टिकाटिप्पणी गर्ने व्यक्ति भन्दै विजयप्रकाश मिश्रको नामै तोकेर कारबाही गर्न साइबर क्राइम ब्युरोलाई निर्देशन दिएको हो।