संशोधनको ठोस प्रस्ताव आएन : अध्यक्ष ठाकुर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

संशोधनको ठोस प्रस्ताव आएन : अध्यक्ष ठाकुर



हिमाल पोष्ट / काठमाडौँ, ८ मङ्सिर । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले आन्तरिक उपनिवेशमा परेका मधेसी समुदायलाई मुक्त गर्न पार्टी सङ्घर्षमा रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय बिजुलीबजारमा आज पार्टी सदस्यता वितरण कार्यक्रममा उहाँले मधेस एवम् मधेसी जनताको हकअधिकार प्राप्त नभएसम्म सङ्घर्ष जारी रहने बताउनुभयो । अध्यक्ष ठाकुरले संविधान संशोधनको प्रक्रिया अघि बढे पनि अहिलेसम्म सत्तारुढ र विपक्षी दलकातर्फबाट ठोस प्रस्ताव आउन बाँकी रहेको बताउँदै आफ्ना माग सम्बोधन हुने गरी प्रस्ताव आए मात्र त्यसलाई स्वीकार गर्ने जानकारी दिनुभयो ।

तमलोपाका उपाध्यक्ष वृषेश चन्द्रलाल र केन्द्रीय सदस्य चन्दा चौधरीले पार्टी सङ्गठनिक संरचनालाई दुरुस्त पार्न सदस्यता अभियान सञ्चालन गरिएको बताउनुभयो ।