सन्तोष बानियाँको मलेसियामा यसरी रङ्गीन भयो जिन्दगी  (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्तोष बानियाँको मलेसियामा यसरी रङ्गीन भयो जिन्दगी  (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ १९ 

आँखा मात्र मेरो हो दृष्टि उनैको,
हाम्रो जस्तो माया त छैन कुनैको..!

मान्छे प्रेममा परे पछि आफ्नो मायालुको हरेक कुरा आफ्नै जस्तो ठान्दछ।आफ्नो प्रेमिलाइ घाउ लाग्दा आफूलाई दुखेको महसुस गर्दछ।उसको आखाबाट सन्सार हेरे जस्तो भान गर्छन् अनि सन्सारैको भाग्यमानी र शक्तिशाली ठान्दछ।कसरी उदास जिन्दगीमा कोही कसैको साथले फरक पार्दछ वसन्तको आगमन हुन्छ।संसार आफ्नै पक्षमा भए झैँ लाग्दछ।यस्तै यस्तै मया र पिरतिको गाथा समेटिएको गीत हो रङ्गिन भयो जिन्दगी।

चर्चित सर्जक एक नारायण भण्डारी को सङ्गीत र सन्तोष बानियाँको शब्दमा तयार भएको गीतमा अमृत सापकोटा सुनिता बागदास र सरिता पुरिको स्वर रहेको छ।मलेसियामा यसको भिडियो निर्माण गरिएको हो।सुजन न्यपानेले खिचेको भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन भने निर्देशन सन्तोष बानियाँले नै गरेका छन्।

https://youtu.be/YPCg347HmiY