सन्तु थापाले ल्याए फरक शैलीको तीज गीत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सन्तु थापाले ल्याए फरक शैलीको तीज गीत



काठमाडौँ- गायक सन्तु थापाको फरक शैलीको तीज गीत बजारमा आएको छ । उनको ‘साँच्चै राम्री छु र ?‘ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको हो ।

तीजलाई लक्षित गरेर उनले सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका टीका पुन र गायक थापाको स्वर रहेको छ ।

यस गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन गरेको हो । सम्पादन मिलन विश्वकर्माले भिडिओ सम्पादन गरेका छन् ।

गायक सन्तु थापा नेपाली मौलिक संस्कृति, गीत, संगीतलाई माया गर्ने कलाकार हुन् । सांगितिक कार्यक्रमकै सिलसिलामा युरोपका बिभिन्न देश, अष्ट्रेलिया, बेलायत, युएइ, मलेसिया लगायतका देशहरुमा पुगिसकेका छन् ।

साँच्चै राम्री छु र ? गायक थापाको १८ औं सोलो एल्बम हो । उनले सयौं गीतमा स्वर भरिसकेका छन् । यस म्युजिक भिडिओमा नबिन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदिक्षा थापाले अभिनय गरेका छन् ।