‘सर्व स्वीकार्यताको दायरा फराकिलो पार्न संशोधनको प्रस्ताव’ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘सर्व स्वीकार्यताको दायरा फराकिलो पार्न संशोधनको प्रस्ताव’



हिमाल पोष्ट / बर्दिवास, १७ मङ्सिर । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले संविधानको सफल कार्यान्वयनले नै मुलुकको आर्थिक समृद्धिको बाटो खोल्ने बताउनुभएको छ ।

आज साँझ महोत्तरीको बर्दिवासमा राजनीतिक दल र कार्यालय प्रमुखसँगको सामूहिक भेटघाट कार्यक्रममा मन्त्री जोशीले संविधान ठीक तरिकाले कार्यान्वयन हुन नसक्दा आर्थिक समृद्धि ओझेलिन सक्ने बताउनुभयो ।

नेकपा (संयुक्त)का नेतासमेत रहनुभएका मन्त्री जोशीले संविधानको सर्वस्वीकार्यताको दायरा फराकिलो पार्न नै संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरिएको जिकिर गर्नुभयो ।

राजनीतिक दाउपेच छाडेर सबै दलले मुलुकको समस्या आफ्नो अगाडि देख्न सके समाधान चाँडो हुने मन्त्री जोशीले बताउनुभयो ।
कार्यक्रममा संयुक्तका पोलिटब्युरो सदस्य श्रीलाल महासेठ, नेपाली काँग्रेसका महासमिति सदस्य चिरञ्जीवी हमाल र बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले जिल्लामा धार्मिक पर्यटन बढाउने प्रशस्त सम्भावना रहेकाले यस क्षेत्रमा सरकारलाई पहल गर्न आग्रह गर्नुभयो । रासस