७ प्रश्नको उत्तर खोजौं साझा पार्टी रोजौं « Himal Post | Online News Revolution
Logo

७ प्रश्नको उत्तर खोजौं साझा पार्टी रोजौं



कृष्ण खनाल

काँग्रेस ,एमाले,माअोबादि,राप्रपा वा अन्य साना तराई केन्द्रित दल सिद्धान्तमा भिन्न देखिए पनि सत्ताका लागि र सत्तामा रहँदासम्म एउटै स्वरूपमा देखिँदै आएका छन् ,काठमाडौँ र ललितपुर महानगर एमाले- राप्रपा,हेटौटा र थाह नगरपालिका काँग्रेस – माअोवादी,लम्जुङ एमाले माअोवादी,दोलखा काँग्रेस – माअोवादी ,मध्यपुरठिमि एमाले- मजदुर किसान ,हुम्ला काँग्रेस – एमाले यी दललाई न सिद्धान्त मिल्न पर्छ न व्यवहार जो जहाँबाट जित्न सकिन्छ त्यहीँ – त्यहीँ तालमेल गरिरहेका छन् यसले पुष्टि गर्दछ कि उनीहरूकै हैसियत बराबरि नै हो।
आगामी वैशाख ३१ को पहिलो चरण निर्वाचन र जेष्ठ ३१ दोस्रो चरणको निर्वाचनमा जनताले कुल २८२०२ जना जन प्रतिनिधि दुई चरणमा चुन्नेछन,त्यसका लागि नेताहरू भोटमाग्न घर दैलोमा गइसकेका छन् साम,दाम,दण्ड ,भेद यी चार वस्तुलाई भरमगदुर प्रयोग गरी पुनः जनतालाई कसरि मुर्गा बनाउने भन्ने सुर्ता यी पुराना दलहरूले सायद राति सपनामा पनि देखेको हुन पर्दछ।

गरिब देश, जनताका अतृप्त आकाङ्क्षा यही चुनावमा खरिद बिक्री हुन्छन् । पार्टीहरू घोषणा–पत्र जारी गर्छन्, आफ्नो कार्यकालमा भएका २ उपलब्धिलाई रबरझैं तन्काएर २०० पुर्याउँछन् र त्यही गुलेलीले जनताको भविष्यमा हान्छन् । फेरि, त्यही गुलेली लिएर प्रमुख दलका नेता गाउँ छिरिसकेका छन् । नेपाली काँग्रेस र नेकपा एमाले र माअोबादिका नेताहरुका चुनावी नारा अरूका भन्दा गुलिया नै हुन्छन् , तपाईँ वैशाख ३१ र जेठ ३१ मा रुख र सूर्यमा वा गोलाकार भित्र हसिँया हथौंडा चिन्हमा भोट हाल्दै हुनुहुन्छ भने त्यसभन्दा पहिले यी १३ कुरा नभूलौं र सोचेर मात्रै निर्णय गर्नुहोस्।

(१) प्रजातन्त्रको ठेक्का लिएको ६९ वर्षीय बुढो पार्टी नेपाली काँग्रेस । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा बोकेरै जनता ढाँट्यो ,प्रजातान्त्र भन्छ उसले उसका भातृसंगठनमा कैयौँ पटक टिके अध्यक्ष भए ,पदाधिकारी चयन गर्न बर्षौं कुर्नुपर्छ,उम्मेदवार छनौंट तलबाट होइन माथिल्लो नेतृत्व सँग साइनो भए पुग्छ फेरि प्रजातन्त्र भनेर खोकिरहन्छ । ००७ सालमा प्राप्त प्रजातन्त्र काँग्रेसकै कमजोरीले २०१७ मा महेन्द्रले हत्याए । २०४६ सालमा प्राप्त प्रजातन्त्र देउवाले २०५९ मा राजामै लगेर बुझाए, यसको जिम्मा काँग्रेसले लिन्छ कि लिँदैन ? रुखमा भोट हाल्नुपूर्व राजनीतिका ७० वर्ष व्यर्थैमा बितेको र हाम्रा दरपुस्ताले राजनीतिक सङ्घर्षमै जीवन बिताएको कुरा स्मरण गरौँ ।

(२) २०४८ को निर्वाचनपछि काँग्रेस सत्ताको केन्द्रमा पुग्यो । तर, बामपन्थीहरुमाथि काँग्रेस निरङ्कुश र अनुदार रह्यो । माओवादीले उठाएका ४० बुँदे माग देउवाले हेर्नसम्म चाहेनन् । उल्टो फौजी बलमा समस्या समाधानको चेष्टा गरे । काँग्रेसले नमान्नुकै कारण द्धन्द्ध लम्बियो, १७ औँ हजार नेपालको ज्यान गयो । १७ हजारको ज्यान जानु पूर्व आखिर संविधानमा अहिले भएका यी सबै परिवर्तनमा काँग्रेसले अवरोध नगरेको भए अहिले देश राजनीतिक झमेलाबाट माथि उठेर विकासको मार्गचित्रमा अघि बढिसकेको हुन्थ्यो । राजनीतिक समस्याप्रति आँखा चिम्लने काँग्रेसलाई भोट हालेर कतै तपाईँ परिवर्तनको गला रेट्दै त हुनुहुन्न ?

३ ) ‘हामी बनाउँछौं नेपाललाई’ भन्ने अम्बे सिमेन्टको विज्ञापनभन्दा फरक छैन एमालेको नारा । सोभियत समाजवाद ढाल्नका लागि साम्राज्यवादले अघि सारेको एनजिओको अस्त्र बोकेर हिड्यो एमाले । राज्यले गर्न नसकेको पूर्वाधार र सामाजिक विकासको काम गर्ने सपना बाँड्यो । एनजिओको एउटै सिद्धान्त छ, त्यो हो, ‘गरिबलाई माछा खान सिकाउ । तर, माछा मार्न नसिकाउ ।’ जब गरिबले माछा मार्न सिक्छ, व्यापारीको माछा बिक्दैन ।’ एनजिओको एक मात्र ध्येय गरिबलाई आफ्ना उपभोक्ता बनाउनु हो, उत्पादक बनाउनु होइन । आज एमाले त्यही गरिरहेको छ । जनतालाई आत्मनिर्भर होइन, परजीवी बनाउने ध्याउन्नमा छ एमाले । त्यसमाथि राज्यबाट आउने अनुदानको २०% मात्र लक्षित वर्गमा खर्च गरेर ८०% ले कार्यकर्ता पाल्छ एमाले । जनता मारेर कार्यकर्ता पाल्ने नीतिले देशको विकास त परै जाओस्, जनताको उन्नति पनि असम्भव छ । यस्तो सपना बेचेर खाने पार्टी रोज्दा तपाईँलाई ग्लानी हुँदैन ?

(४ ) त्यसो त माअोबादि पनि कहाँ सुनपानिले छर्के जस्तै छोखो रह्यो र ! रोल्पाबाट सुरु गरेको उसले दिएको जनयुद्धको नाम कालान्तरमा वलियुद्ध जस्तै देखियो,पार्टी भित्र लोकतान्त्रिक चरित्र नबोकेको पार्टीले बाहिर लोकतान्त्रिक हुँ भनेर भनेको पत्याउने आधार के? प्रचण्ड अध्यक्ष भएको करिब दुई दशक हुनै अाँट्दा उसको अधिवेशन हुन्छ हुने छलफल सम्म हुँदैन डाक्टर भट्टराई त्यहाँ भित्रको निरङ्कुश शैली भन्दै पार्टी छोडिसकेकाले पनि विश्वास योग्य छ,भने एक घर एक रोजगार ,नेपाल स्विजरल्याण्ड सपना देखाउने उक्त दलका अधिकांश नेताहरुका घर स्विजरल्याण्डका घर भन्दा सस्तोमा नबिक्ने भैसके,माअोबादिका नेता मात्रै जमिनदार हुन पक्कै पनि १७ हजार निर्दोष नेपालीले ज्यान गुमाएका थिएनन होला, अब माअोबादिलाई भोट दिने नदिने तपाईँ घोरिएर सोंच्नुहोस।

(५) देशमा स्थापित ठुला राष्ट्रिय उद्योगहरु २०४६ सालपछि ध्वस्त भए । देशकै गौरव ठानिएका बिराटनगर जुट मिल, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, बिरगञ्ज चिनी कारखाना, साझा यातायात, बायु सेवा निगमजस्ता उद्योगहरु काँग्रेसकै कारण ध्वस्त भए । निजीकरणको काँग्रेस नीतिले राष्ट्रि सम्पत्ति र उद्योगहरु चौपट भए । कतिलाई कौडीकै भाउमा बेचियो, कति भागबण्डामा बिलो लगाइयो, कतिमा भोटे ताल्चा ठोकियो । यसको काँग्रेसले जिम्मा लिनुपर्छ कि पर्दैन ? ।तपाईँका छोराछोरी यहीँ कारणले वैदेशिक रोजगारमा जान बाध्य छन्,दैनिक ३ देखि ५ जना रातो बाकसमा बेरिएर अाउँछन भोट हाल्नुपूर्व निधार खुम्च्याएर सोंचौं ।

(६) राप्रपा निर्वाचनको बेला उ हिन्दुराज्योको वकालत गर्छ,उ सानो भए पनि बाठै छ जहाँ नेपालीहरू बहुसङ्ख्यक हिन्दुधर्म मान्छन तिनीहरूको मतलाई क्यास गर्न उ माहिर छ,त्यो भन्दा उ सत्तामा जान झनै माहिर छ ,सत्ताको सिंढि चढ्न उसलाई न उसले चुनावको बेला गरेका प्रतिबद्धता सम्झन्छ न सांसद एवं पूर्व विशिष्ठका नाममा बढाईने तलब भत्तामा उ विपक्षमा बस्छ,जो जो सँग चुइगम जस्तै टाँसिन सकिन्छ टाँसिने जति सकिन्छ देश लुट्नमै उसको द्धेय छ।

(७) जनमोर्चा नेपाल जति धेरै गला बजारे चित्र बहादुरले सङ्घीयता मान्दैमान्दिन भने आखिर सत्ताका भोका रहेछन् प्रमाणित गरिछाडे सत्तामा रहँदा सङ्घीयताका विपक्षमा चुँ सम्म बोलेनन ,बाहिर आवरणमा विदेशीलाई गाली गरी गरी अोलि भन्दा अझ पुराना राष्ट्रवादि नेताको सुचाङ्कमा नाम लेखाए ।

अब रह्यो कुरा बैकल्पिक नयाँ शक्तिको बाबुराम भट्टराई परीक्षण भईसके,माअोबादि सरकारमा रहँदा काठमाडौँको सडक विस्तार,साना व्यपारिलाई पनि कम्पनी एेन अन्तर्गत रजिस्ट्रर हुन बाध्य तुल्याए परिणाम स्वरूप राज्यको आन्तरिक राजस्वमा वृद्धि भएको थियो। त्यस्तै उद्धव थापाले नेतृत्व गरेको विवेकशिल पार्टीले रचनात्मक काम गरिरहेको छ, डा. गोविन्द के सी ले उठाएका मुद्धा हुन वा भ्रष्टाचार विरुद्धमा त उसले शुरुदेखिनै आफ्नो लाइन क्लियर गरिसकेको छ तर धेरैले पत्याईदिएनन,बरु भ्रष्टहरुको इजार छोपेर हिँडे।

रह्यो अब २ महिना पूर्व अनौपचारिक रूपमा गठन गरिएको साझा पार्टी,साझा पार्टी अौपचारिक रूपमा सार्वजनिक भई नसकेपनि यसमा रहेको राजनीतिक नेतृत्व असल,इमान नै हुनुपर्छ,विधिले देश सञ्चालन भयो भने सबैका हक अधिकार सुरक्षित हुन सक्छन् भन्ने मान्यता स्थापित गर्न खोजेकोले स्वतः: स्फुर्त रूपमा तल्ला ईकाइ गठन भइरहेको छन् भने नेतृत्वमा रहेका अधिकांश सामाजिक तथा परोपकारि क्षेत्रमा काम गरेका साथै कानुनको हातमा लिनेहरुको विरुद्ध उभिएककाले आशा गर्ने पार्टीको रूपमा देख्न सकिन्छ।