ईश्वर पोखरेलसहितका मन्त्रीहरू शीतल निवासमा: यस्तो भयो छलफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

ईश्वर पोखरेलसहितका मन्त्रीहरू शीतल निवासमा: यस्तो भयो छलफल



काठमाडौं- काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। कोरोना संक्रमितको संख्या बढेकोमा राष्ट्रपति विद्या भण्डारीले चिन्ता व्यक्त गरेकी छिन्।

उपप्रम पोखरेलका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतको टोलीले शीतल निवासमा राष्ट्रपति भण्डारीलाई कोभिड-१९ महामारीविरुद्ध सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति भण्डारीसमक्ष आज राष्ट्रपति भवनमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए।

उक्त अवसरमा राष्ट्रपतिले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको बताइन्।

तर, बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गरिन्।