प्रचण्ड पत्नी सीतालाई उपचारको लागि रामदेवको पीठमा लगियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्ड पत्नी सीतालाई उपचारको लागि रामदेवको पीठमा लगियो



काठमाडौं- लामो समयदेखि पार्किन्सनको समस्या झेल्दै आएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि योगगुरु रामदेवको पिठमा पुगेकी छिन् ।

नेपाल, सिङ्गापुर र अमेरिकामा समेत पटक–पटक गरिएको अस्पतालको उपचारबाट सुधार नभएपछि उनलाई रामदेवको पिठमा लागिएको हो।

सीताको स्वाथ्यमा सुधार नदेखिएको कारण आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठमा पुर्‍याइएको प्रचण्ड निकट स्रोतले जनाएको छ । आमा सीतालाई लिएर छोरी गंगा दाहाल बिहीबार हरिद्वार गएकी हुन् ।

उनीहरुसँगै पूर्व मन्त्री समेत रहेका नेकपा नेता मातृका यादव पनि हरिद्वार पुगेका छन् । प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाका अनुसार सीताको फर्किने मिति टुङ्गो लागेको छैन ।

‘पहिलेदेखि नै जाने कुरा भइरहेको थियो, यसपालि समय मिलेर जानु भएको हो । उपचारमा कति समय लाग्छ अहिले जानकारी छैन’ उनले भने ।

प्रचण्डले सीतालाई उपचारका लागि गत चैतमा अमेरिका समेत लगेका थिए ।