दिल्लीमा सीए पढ्दै गर्दा फिल्मी उडान... - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्लीमा सीए पढ्दै गर्दा फिल्मी उडान…



काठमान्डौ, १८ पौष

दिल्लीमा सी ए पढ्ने विद्यार्थीहरू मिलेर विद्यार्थी जीवनकै कथा बस्तुमा  फिल्म “सोँचको उडान” बनाएका छन् ।

राजन कंडेल, अभिषेक खकुरेल, समिया कार्की ,प्रियंका पाण्डे, हनी ताम्राकार, सुशांत पाठक, मौनता घिमिरे, भुवन पाण्डे, गणेश गुरुंग, भास्कर ओली , आशिष् ओली, कृष्ण कार्की, कुमार पाण्डे, सुरेंद्र पाण्डे हेमन्त सापकोटा लगाएतले अभिनय गरेको यो चलचित्रमा विद्यार्थी जीवनका भोगाइहरु समेटिएको छ।

फिल्ममा सबै जसो नयाँ अनुहार छन्, “युवाहरू मिलेर बनाएका छौँ कलाकार बन्न रूप हैन कला चाहिन्छ भन्ने वाक्यलाइ पुष्टि गर्न चाहन्छौँ” लेखक तथा निर्माता हेमन्त सापकोटाले हिमाल पोस्टसँग कुरा गर्दै भने।

देश तथा विदेशमा पढ़न जाने विद्यार्थी हरुको भोगाई, पीड़ा तथा मेहनत कथामा देखाइएको छ।
काठमाडौं, दिल्ली तथा पोखराको बिविन्न स्थलमा सुटिङ भएको चलचित्रलाई शिव बिकले निर्देशन गरेका हुन। ओनडोरोस मूवीज एंड क्रिएटिवको प्रस्तुति रहेको चलचित्रलाई शिव फोरएस मिडियाको निर्माणमा शम्भु चालीसेले छायांकन गरेका छन्।

सबै कलाकारलाई एक महिनाको वर्कशपमा राखेर कड़ा परिश्रम र मेहनत गरेको राजन कंडेल बताउँछन।

“पढाइको सिलसिलामा फिल्म बनाउने हेमन्त सापकोटाको प्रस्तावलाई स्वीकारेर गर्न खोजे केही पनि असम्भव छैन भन्ने ठानेर फिल्म निर्माण गर्‍यौँ” अभिषेक खकुरेलले थपे ।

आर्थिक कठिनाइका बाबजुत, ऋण धन गरेर फिल्म तयार गरेको यो फिल्म युनिटले हाल यन आर सी डी नेपालको आयोजनामा च्यारिटी सो गरिरहेको र उठेको रकम अपाङ्गता भएका विद्यार्थी हरुलाई सहयोग गरिरहेको छ।

पहिलो प्रयासमा केही कमी कमजोरी भए पनि अहिले सम्मको सो बाट आएको राम्रो प्रतिक्रिया बाट खुसी देखिने फिल्म युनिट केही समय पछि दिल्लीको लक्ष्मिनगरमा सी ए विद्यार्थीहरूलाई देखाउने तयारी गरिरहेका छन्।