फेरी पनि सोनिया नै बनिन भारतीय कांग्रेस अध्यक्ष - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फेरी पनि सोनिया नै बनिन भारतीय कांग्रेस अध्यक्ष



काठमाडौं – राहुल गान्धीले राजीनामा दिएपछि नेतृत्व बिहिन बनेको भारतीय कांग्रेसले नयाँ नेतृत्व पाएको छ ।

भारतीय राष्ट्रिय कंग्रेसका बरिष्ठ नेताहरुको दिल्लीमा बैठक बोलाइएको थियो । बैठकमा प्रष्ट नयाँ र पुराना पुस्ताका नेताहरुबीच मतभेद भए ।

अन्तिम समयमा राहुल गान्धीलाई बोलाएर सम्बोधन गर्ने अवसर दिइएको थियो । तर, पुराना नेताहरुले बैठक हल नै छोडेर हिड्न थालेपछि अन्ततः उनीहरुकै प्रस्तावअनुसार सोनिया गान्धीलाई अन्तरिम प्रेसिडेन्ट मान्ने सहमति जुटेको छ ।

र, अव फेरि पनि भारतीय कंग्रेस सोनियाकै नेतृत्वमा चल्नेछ ।