लोकमानलाई कारवाही संगै भ्रष्टाचारीहरु छाडिनुहुन्न : नेता पराजुली - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

लोकमानलाई कारवाही संगै भ्रष्टाचारीहरु छाडिनुहुन्न : नेता पराजुली



हरिप्रसाद भुसाल / कार्तिक २०, अर्घाखाँची

नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले राजनीतिक दल भित्रका ठुला माछा समातिने डरले एकाएक लोकमानसिंह माथी महाभियोग प्रस्ताब दर्ता गरिएको हुनसक्ने आशंका गरेका छन् ।

अदालतमा चलिरहेको मुद्धाका बिषयमा फैसला नकुरी महाभियोगको नाममा भ्रष्टाचारीलाई उन्मुक्ति दिने खेल भइहेको हुनसक्ने आशंका गर्दै नेता पराजुलीले अफुहरुसंग सल्लाह नै नगरी एमाले माओवादी छापामार शैलीमा महाअभियोग प्रस्तावमा लागेको आरोप लगाए ।

लोकमानले कारबाही गर्न खोजेका सबै ठुला भ्रष्टाचारीलाई कारबाही गर्न दिनुपर्ने उनको भनाई छ ।

नेता पराजुलीले दल तथा नेता भित्रको सस्थागत भ्रष्टाचारलाई उन्मुक्तिका लागी माओवादी केन्द्र र एमालेले रातारात कार्कीमाथी महाभियोगको प्रस्ताब संसदमा दर्ता गराएको आरोप लगाए ।

जुन दलको सिफारिसमा प्रमुख बनेका हुन उनै दलका नेतानै भ्रष्टाचारमा समातिने डरले महाभियोग आएको हुन सक्ने भन्दै

दलहरुले महाभियोग लगाएर लाकेमानलाई पदच्युत गरि सकेपछि लोकमान पछिको अख्तियार प्रमुखले राजनितिक दलका नेताहरु माथी भ्रष्टाचारको कारबाही गर्न नसक्ने हुदा आगामी दिनमा झन् सस्थागत रुपमा भ्रष्टाचार मौलाउने उनको भनाई छ ।

आफु लोकमानलाई बचाउने भन्दा पनि भ्रष्टाचारीहरु नउम्किउन भन्ने पक्षमा रहेको बताउदै नियुक्तिको समयमानै गलत मानिस नियुक्ति भएको भन्दै आफुले बिरोध गरेको बताए ।

रिपोर्टस कलब अर्घाखाँचीले सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा नेता पराजुलीले आफु लोकमानलाई बचाउने पक्षमा नरहेको स्पष्ट पार्दै राजनितिक दलका भ्रष्टाचारी नेताहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने पक्षमा आफु रहेको बताए ।