बद्लिएको मन « Himal Post | Online News Revolution
Logo

बद्लिएको मन



केशु खण्डलुक मगर 

एसएलसीको नतिजा आएछ।म प्रथम श्रेणीमा पास भएछु।कन्चना पनि पास भैइछे।परीक्षामा नामको अल्फबेट अनुसार म सङ्गै परेकी थिई।पढाइमा खासै टगडा होइन,ठिकै थिई तर गणित अनि विज्ञानको परीक्षाको दिन चाही मजाले घाटी तन्काई तन्काई हेरेकी थिई,मैले पनि ज्यान बङ्गाई उसलाई मेरो कापी देखाएको थिए।अखिर नदिम पनि कसरी मलाई मन पराउने मान्छे उनी नै त थिए।

म त कता कता त्यै दिनतिर पो डुल्दै रहेछु।
“हैट,गार्ड बस्नुभाको सरले झन्डै बाहिर निकाल्नुभाको” म झसङ्ग भए।
त्यसैबेला पर बाट म्याराथन दौडमा भाग लिएको कुनै धावक भन्दा पनि जोडले कुदेर आई अनि स्वा स्वा गर्दै बोल्न थाली
“करन,करन,म नि पास भएछु नि एसएलसी सेकेन्ड डिभिजनमा”
‘लु धेरै धेरै बधाई छ कन्चना तिमीलाई,तिमीले निकै मिहेनत गरेकी थियौ नि त त्यो बेला’ मैले उसलाई रोक्दै भनिदिए।
खुसीले गदगद भएर होली फेरि उ बोल्न थाली।
“अनि मिहेनत गर्नुपरेन त,त्यो बेला मिहेनत गरेर त आज यति खुसी हुन पाको छु नि”
“उम आजै धेरै मिहेनत त गणित र विज्ञानको परीक्षाको दिन गरेकी थियौ है,खुब बल गरेकी थियौ घाटी तन्काउन त्यो दिन त” मैले जिस्किने मुडमा भने।

“अनि तिम्रो नहेरे कसको हेर्नु त मैले,अखिर जिन्दगी भरि तिमिसङ्गै सिक्दै त जानु छ नि मलाई”उसले अलि नम्र हुँदै भनिन।अनि मेरो अंगलोमा कस्सिएर बाधिइन।अनि फेरि उसलाई म बाट छुट्याउदै भने ”
अब सहर जान्छ्यौ तिमि,उता गएर मलाई पनि बिर्सिन्छ्यौ होला नि”
“म त जान्न म एक्लै,तिमि जाने भए जान्छु नत्र त मरी जान्न”उसले निराश हुँदै भनी।
“ह्या छोडिदेउ यस्तो कुरा,आज त खुसी हुने दिन पो हो त हाम्रो”मैले हल्का मुस्कुराएर जस्तो भनिदिए।हामी बिधालय गयौ।सबैको नतिजा हेर्यौ।सबै साथीहरू उतिर्ण भएछन।

त्यसको भोलिपल्ट एकाबिहान नै कन्चना मेरो घरमा आइन अनि रुदै भन्न थालिन “करन,म सहर जानै पर्छ रे,बाबा मम्मीले भन्नुभाको।म सहर गैइन भने तिमीलाई कहिल्यै भेट्न दिनुहुदैन रे,मलाई नभुल है कहिल्यै म नि भुल्दिन”
“ह्या लाती,तिमिपनि सधैको लागि ल कहाँ ल जान लाग्या हौ र,बेलामा गाउँ आछ्यौ,त्यो बेला भेट भैहाल्छ नि”मैले सन्त्वना दिने प्रयासमा भने।
“म बेला बेला आईराख्छु नि है”यति भन्दै आफ्नो बाटो लागिन।मैले अँखा नथाकुन्जेल हेरिरहे।

उ सहर गैई।मैले गाउमै +2 पढ्ने निर्णय गरे अनि 11 मा भर्ना भए।यता मलाई कन्चना बिना पढ्न मन लागेन।सानै देखिको साथी अनि मलाई माया गर्छु भन्ने उनी नै त थिइन।धेरै समय भयो।उसले न चिठी लेखिन न गाउँ नै भेट्न आईन।वर्षमा एकचोटि आउँदा पनि मलाई राम्रो सङ्ग भेट्दिन थिई।सायद अब उसको मन फेरिसकेको थियो।उसले म भन्दा राम्रो बुझ्ने मान्छे पाएर होली।यस्तै सोचेर मन भुलाउथे।अनि त्यो बच्चापनको प्रेम मात्र थियो।यही सोचेर मनलाई भुलाई रहे।जसो तसो गाउकै उच्च माबिबाट +2 पास गरे।उसको आफ्नै लाहुरे प्रेमी सङ्ग नै बिहे भयो।मलाई नबिर्सनु भन्ने कन्चना अर्कैको भैसकेकी थिइन।

मैले आफूलाई सम्हाल्दै गए।उनी बिना बाच्ने प्रयास गर्दै थिए।अनि नाजिकैको सहरमा रहेको कलेजमा ब्याचलर जोइन गरे।सायद अब मलाई पढाई प्रति कुनै चासो थिएन।स्नातक पहिलो वर्षमा दुईवटा ब्याक लाग्यो।दोस्रो वर्षमा तीनवटा अनि तेस्रो वर्षमा एकवटा।यसरी मेरो पढाई धरासायी हुँदै गयो।मैले कसै गरी पढाइमा प्रगति गर्न सकिन।अनि अन्त्यमा मैले लोकसेवामा भिड्ने निर्णय गरे।

धेरै समय पछि पढाइको थकान मेट्न म फेसबुक खोल्दै थिए।त्यसै बेला मोबाइलमा म्यासेन्जरको ‘ट्रीङ्ग’ आवाज आयो।मैले म्यासेज बक्स खोले उनै कन्चनाले पठाएकी रहिछन “के छ करन,हालखबर,आजकल त निकै साहित्यिक बन्न थालेछौ नि,कहाँ बाट सिक्यौ हं यस्तो लेख्न?”
सायद मेरो वालको प्रेमिल अनि पिडाले भरिएको साहित्यिक पोस्ट हेरेछिन क्यारे उसले।मैले नि तुरुन्तै रिप्लाई गरिदिए
“कन्चना तिमि अरामै छ्यौ होला है,यस्ता साहित्यिक कुरा लेख्न कसैबाट सिक्नुपर्दैन रहेछ,सिर्फ एक चोट नै काफी हुदोरहेछ”
“ओहो,कस्तो जानेको के कुरा गर्न पनि अचेल त,,पक्कै केही भएको हुनै पर्छ के तिमीलाई” फेरि उसले म्यासेज फर्काई।

“उम मैले एक जना बाट धेरै नै कुरा सिक्ने मौका पाएको थिए,जो बाट जिन्दगी जिउने तरिका सिके आज उसलाई निकै धन्यवाद दिन मन लाग्छ।”अनि मैले रिप्लाइ फर्काए।सायद उसले बुझी होली त्यो मान्छे उनी आफै थिई।म रिप्लाईको प्रतीक्षामा बसे तर उनी बाट रिप्लाई आएन।
म न्युज फिड हेर्दै थिए।एक्कसी मेरो अँखा उसको फोटोमा पर्‍यो।मलाई देखाउन कै लागि होला या खोइ किन उसले आफ्नो अनि श्रीमानको ‘विथ माई स्वीटहर्ट’ भन्ने क्याप्सन सहित फोटो राखेकी रहेछिन।कुनै बेला मेरो छातीमा टासिने,मलाई सबथोक मान्ने कन्चनालाई आज अरूको छातीमा देख्दा मलाई कुनै डाहा भएन किनकि म सधैँ उसको खुसी नै त चाहन्थे।म मनमनै खुसी भए अनि कमेन्ट गरिदिए
‘बेस्ट कपल इन द वर्ल्ड,अल्वेज बी ह्याप्पी कन्चना’
त्यसको केही समय पछि उसको श्रीमानले मेरो कमेन्टको रिप्लाई गर्‍यो
‘थ्यान्क यु सो मच करन ब्रो….”
म ट्वाल्ल हेरेर मात्र बसिरहे।त्यति नै नेपाथ्यम गीत बजिरहेको थियो ‘उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला…….. ।