दशैँमा चलचित्र 'सुब्बा साब' प्रदर्शनमा आउने « Himal Post | Online News Revolution
Logo

दशैँमा चलचित्र 'सुब्बा साब' प्रदर्शनमा आउने



यहि दशैमा  चलचित्र ‘सुब्बा साब’  प्रदर्शन हुने घोषणा गरिएको छ  । रिलिज मिति घोषणासँगै फिल्मको फष्टलुक पनि सार्वजनिक गरिएको छ । यो मितिमा फिल्म अल नेपाल रिलिज हुनेछ ।
आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा राजु अधिकारीको निर्देशन छ । निर्देशक अधिकारीले फिल्मले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए ।
हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको फिल्ममा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी र जानवी बस्नेतलगायतको अभिनय छ । फिल्ममा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ ।

फिल्ममा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य, सञ्जय तुम्रुक, डेबिट, अञ्जु पन्त, मिलन अमात्य र संयोग योगीको स्वर, सुवास देवकोटाको सम्पादन, मौनता श्रेष्ठको पटकथा तथा संवाद र पवन गौतमको छायांकन छ । फिल्मको वितरण रोहित रत्नले गर्नेछन् ।