भदौ १६ देखि सूपथमूल्य पसल सञ्चालन हुने नुन देखि खसीबोका सम्म छुटमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भदौ १६ देखि सूपथमूल्य पसल सञ्चालन हुने नुन देखि खसीबोका सम्म छुटमा



काठमाडौं ६, भदौ

आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गते देखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ । दँशै, तिहार र छठपर्वको समयमा उपभोक्तालाई राहत दिन आपूर्ति मन्त्रालय अन्तर्गका सार्वजनिक संस्थानहरुले कार्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् ।

सँधैजसो दँशैमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना पहिला देखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले बताउनुभयो । ‘नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पोरेसन र नेशनल ट्रेडिङ्गले छुट सुविधा सहितका सुपथ मूल्य पसल सञ्चालन गर्ने छन्’ उहाँले भन्नुभयो ‘यसमा विक्री वितरण प्रणाली, अनुगमन र चुहावट नियन्त्रणलाई पनि प्रभावकारी बनाईने छ ।’

सहुलियत पसलहरुमा चामल प्रति परीवार ३० केजि, नुन प्रति परीवार ६ केजि र नुन प्रति परीवार ६ केजिका दरले विक्रीवितरण गरीने छ । सहुलियत दरका सुपथ मूल्य पसलहरुमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमति चामल र फापरमा १० रुपैयाँ, बासमति बाहेकका चामलमा ५ रुपैयाँ, खसीबोका र च्यांग्रामा १० रुपैयाँ प्रति केजिका दरले छुट दिएर विक्री हुनेछन् ।

सुपथ मूल्य पसलहरु साल्ट ट्रेडिङ्ग काठमाडौ स्थित ९ स्टल, ३ वटा घुम्ति सेवा पसल, त्रिसुली डिपो, कर्पोरेसनका २२ कार्यालय गरी ३६ ठाउँ स्थान र नेपाल खाद्य संस्थानका सम्बन्धित कार्यालमा सञ्चालन गरीने छ । यसमध्ये २२ वटा उपत्यका बाहिर सञ्चालन हुने छन् । आपूर्तिमन्त्री शिवकुमार मण्डलको उपस्थितीमा आपूर्ति सचिव, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य संस्थान, नेशनल ट्रेडिङ्ग, साल्ट ट्रेडिङ्ग लि, नेपाल आयल निगमको संयुक्त बैठकले यस्तो गरेको निर्णय अनुसार अहिले सुपथ मूल्य पसलका लागि कार्ययोजना बनिरहेको छ ।