अर्घाखाँचीका स्वतन्त्र उमेदवार २४ वर्षीय भुसाल भन्छन : देशकै नमुना वडा वनाएरै छाड्छु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँचीका स्वतन्त्र उमेदवार २४ वर्षीय भुसाल भन्छन : देशकै नमुना वडा वनाएरै छाड्छु



डिआरजी सुमन/अर्घाखाँची,जेष्ठ २४

स्वतन्त्र पत्रकार  तथा अर्घाखाँची डटकमका संवाददाता दीपक भुसाल “पार्टी भन्दा माथि युवा र विकास मेरो साथी”भन्ने मूल एजेण्डा सहित सन्धिखर्क नगरपालिका वडा नम्बर ५ बाट स्वतन्त्र रूपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् । नेपाल सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा स्थानीय निकायको प्रमुख नै भई राष्ट्रिय विकासमा योगदान दिने मनासायले आफूले उमेदवारी दिने तयारी गरेको बताउँदै यदि राम्रो जनमत पाएर विजय भएको यस वडालाई नेपालकै एक नमुना वडा बनाउन उद्देश्य साथ उमेदवारी दिन तयार रहेको बताएका छन् ।

बुवा कान्तु प्रसाद भुसाल र माता विष्णु देवी भूसालका कान्छा छोरा दीपक भुसालको उमेर २४ वर्षका छन् । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ५ वलेवांग स्थाई वासिम्दा रहेका भुसालको यस क्षेत्रलाई निकै प्रभावशाली क्षेत्र मानिन्छ । मध्यम वर्गीय किसान परिवारमा जन्मिएका दीपक हाल विभिन्न सामाजिक सङ्घ सस्थामा आवद्धरही सामाजिक कार्य गरिरहेका छन् । नेपाली पत्रकारिता क्षेत्रमा निकै चाँसो राख्ने दीपक वर्तमान समयमा नेपालकै पहिलो अनलाइन अर्घाखाँची डटकम,अर्घाखाँची टाईम्स राष्ट्रिय साप्ताहिकका लागी काठमांडूवाट रिपोर्टिंग गरिरहेका छन् । सामाजिक सङ्घ संस्थाको क्षेत्रमा अव्वल क्षमतावान नेतृत्व राख्दै विश्वभर आफ्नो प्रतक्ष्य प्रभाव पार्न सफल अन्याय र असमानता विरुद्धको खोजी अभियान “पिएसएम नेपाल” मिडिया व्युरो सदस्य पदमा सक्रिय मूमिका निभाई रहेका छन् । दीपकको राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो प्रभाव रहेको छ । हालै दक्षिण तथा ल्याटिन अमेरिकामा बस्ने नेपालीहरूको वास्तविक अवस्थाको बारेमा अनुसन्धान गरिरहेका मानव शास्त्री संयुक्त राज्य अमेरिकाका मानवका शास्त्री Anthropologist तथा UNT University का Assistant Professor डा॰आन्द्रु नेलशनसँग विशेष भेटघाट गरी रिसर्च कार्यमा संलग्न समेत भएका छन् ।

तपाइको उम्मेदवारी किन भनेर गरेको पत्रकारको जिज्ञासामा मेरो उम्मेदवारी देशमा बढ्दो राजनैतिक खिजातानिका विरुद्ध स्वतन्त्र रूपमा पनि आफना बिचार जनता माझ लिएर जानु पर्दछ भन्ने मान्यताका साथ सम्बृद्ध वडा निर्माणका लागी मैले अगाडि सारेका नीति तथा कार्यक्रम लागू गर्नका लागी । विकासका प्रशस्त संभावनाहरुलाई उजागर गर्दै जिल्ला भरकै नमुना वडा बनाउने मेरो उद्देश्य हो । बेरोजगार युवालाई रोजगारी प्रदान, बृद्धवृद्धाको सम्मान, अपाङ्ग, दलित, जनजाति, पछाडि पारिएका वर्गको उत्थान गरी समतामूलक समाज निर्माण गर्नका लागि आफ्नो उम्मेदवार रहेको बताएका छन् ।

सन्धिखर्क नगरपालिका भित्र रहेको ५ नम्बर वडा बहु भाषा बहुजाति बसोबास गर्ने वडा रहेको छ । यस वडालाई नमुना बनाउने विभिन्न एजेण्डा बोकेर स्वतन्त्र रूपमा म जनता माझ गएको छु । ५ नम्बर वडाको विकास र समृद्धिको आधार ,पर्यटन ,कृषि ,जङ्गल र जलाधार भन्ने मूल नारालाई अगाडि बढाएको छु । जिल्लाको मात्र नभएर देशकै नमुना वडाको रूपमा विकास गर्ने मेरो योजना छ । अहिलेको मुख्य समस्या भनेको बेरोजगारी समस्या नै हो । युवाहरू प्रत्येक दिन रोजगारीको खोजी गर्दै खाडिका मरुभुमिमा जान बाध्य भएको छ । यस वडामा रहेका खेतियोग्य खेतका फाटहरुमा कृषि उत्पादनलाई बढवा दिने युवाहरूलाई कृषि कार्यको लागी अनुदान तथा सहयूलियत दरमा ऋण उपलब्ध गराई रोजगारीका अवसरहरू सिर्जन गर्ने र १ घर १ उत्पादन नीतिलाई आत्मसाथ गर्ने योजना अगाडि बढएको छु । कृषि, पशुपालन व्यवसायलाई समूह वा सहकारी मार्फत विस्तार गर्ने योजना सहितको चुनावी एजेण्डा रहेका बताएका छन् ।

सहकारीको माध्यमबाट रोजगारको समेत ग्यारेण्टी गर्ने , सहकारीले उत्पादन गरेका वस्तु बजारीकरणको जिम्मा हामी आफै लिनेछौं । घरेलु तथा साना उद्योगको विस्तार गर्ने , खेतियोग्य जमिनमा सिचाईको व्यवस्था गरिने छ । वृद्धवृद्धाको सम्मान, अपाङ्ग , दलित, जनजाति पछाडि पारिएका वर्गको उत्थानका लागि विशेष खालका कार्यक्रम सञ्चालन गर्ने छौँ । महिलाहरुका लागि विभिन्न सिप मूलक तालिम सञ्चालन गर्नेछौँ । बालमैत्री गाउँपालिका बनाइ बालबालिकाका लागि विभिन्न ठाउँमा पार्क निर्माण गर्नेछौँ । खेलकुदको विकासका लागि वडामा खेलमैदान निर्माण गर्ने । ऐतिहासिक लामपाटि क्षेत्र कृष्ण मन्दिर ,मथुरा क्षेत्र , बिस खुट्टे दरबारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि गुरुयोजना तयार पार्ने योजना समेत रहेको उनको भनाई छ ।

बलेवाङ्ग क्षेत्रमा पर्यटकका लागि होमस्टे तथा सुविधा सम्पन्न होटेल रेस्टुरेण्ट सञ्चालन गर्ने छु । केही क्षेत्रमा खानेपानीको चरम समस्या छ । लिफ्टिङ्ग प्रविधि वा अन्य प्रविधि अपनाएर खानेपानीको आपूर्ति सहज बनाइने छ । विद्युत् क्षेत्रका समस्याहरू समाधान गर्नेछौँ । सडकहरुलाई स्तरोन्नती गर्दै कालोंपत्रे बनाउदै लैजाने छौँ । स्तरीय शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्नेछौँ । सञ्चारको विकास लागि विशेष जोड दिनेछौं । वार्षिक रूपमा वडाका उत्कृष्ट कृषिक, व्यवसायीलाई सम्मान तथा पुरस्कृत गर्दै लैजाने । यस वडामा रहेका कुमाल जातिको माटाका भाडा बनाउने पेसा लोभ हुँदै गएको छ । त्यसता साम्रगी उत्पादनमा निरन्तरता दिँदै बजारको ग्यारेन्टी गर्ने छु ।

अहिले यस क्षेत्रका जनताहरू सबै जसो राजनैतिक दलहरूले गरेको क्रियाकलापबाट असंतुष्ट भएका छन् । पटक पटक भोट माग्न आउँदा गरेका आश्वासन कहिले पनि कार्यन्वयन गरेका छैन्न । यस पालि पार्टी भन्दा पनि माथि उठेर गाउँको युवालाई साथ दिने ५ नम्बर वडा बासीको चाहना अनुसार मैले उम्मेदवारी दिएको छु । यहीले यस क्षेत्रमा रहेका प्रमुख दलहरूले पनि भुगोल नमिलाईकन उम्मेद्धवार छनौट गरेका कारण उहाँहरू पनि राजनैति भनेको यस्तै रहेछ यस पालि हाम्रो तिमीलाई साथ छ भनेर बचन दिनु भएको छ । त्यस कारण पनि मैले जित्ने धेरै आधार खडा भएका छन् । मेरो उम्मेद्धवारी दिने सुनेर धैरै जनाको टाउको दुखाईको विषय बनेको छ । म एउटा युवा हुँ विकास निर्माणका साथै जनताका हरेक सुख दुःखमा सँगै सहयात्रा गरिरहेको छु । म प्रति यस वडाका जनताको विश्वास र भरोसा नै मैले जित्ने मुख्य आधारहरु हुन । मेरो उम्मेद्वारीले पाँच नम्बर वडा बासीहरुमा एउटा खुसीयाली छाएको छ । जनताहरुले विगत भन्दा केही फरक चाहनु भएको छ । मैले चुनावमा गरेका प्रतिबद्धता कार्यान्यन गर्ने प्रतिबद्धता अनुसार काम गर्ने छु । हाम्रो भन्दा पनि राम्रो मान्छे चुनौ यस पटक तपाईँको एउटा मतले ५ वर्ष सम्म पछुताउनु पर्दछ । दीपक भुसालको भनाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएका छन् ।