धनगढी उप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

धनगढी उप–महानगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण



कैलाली । उद्यमशिलता र रोजगारीका लागि तालिम तथा परामर्श केन्द्र ( ट्रेस ) कैलालीले कोरोना भइरस (कोभिड १९) को चेकजाँच र रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

ट्रेस नेपालका प्रवन्ध निर्देशक छत्र बमले धनगढी उप–महानगरपालिका प्रमुख नृपबहादुर वडलाई शनिबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । नगरप्रमुख वडले असहज अवस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गरिएकोमा ट्रेस नेपाललाई धन्यवाद व्यक्त गरेका छन् ।

ट्रेस नेपालका प्रवन्ध निर्देशक बमका अनुसार थर्मगन १० वटा, सर्जिकल मास्क २ हजार पिस, सर्जिकल ग्लोब्स ६०० पिस गरि करिब २ लाख बराबरको स्वास्थ सामाग्री धनगढी उप–महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।