एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ,४७० जनाले लिए लाभ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ,४७० जनाले लिए लाभ



सुखड,कैलाली । विश्व मधुमेह दिवसको अवसरमा एक दिने नि:शुल्क स्वास्थ चेकजाँच तथा सुगर जाँच शिबिर सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ३ कार्यालय र दरख स्वास्थ्य चौकीको व्यवस्थापन तथा नोभा हस्पिटल प्रा.लि.धनगढीको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिबिर बिहीबार निम्दिमा सम्पन्न भएको हो ।

विश्व मधुमेह दिवसको अवसर पारेर संचालन गरीएको शिविरमा करिब ४७० जनाले लाभ लिएको घोडाघोडी नगरपालिका वडा नं ३ का अध्यक्ष कमल थारुले जानकारी दिए ।

एक दिने शिबिरमा बढी जसो व्यक्तिहरुमा सुगर, प्रेसर र मुटु सम्बन्धी बढी समस्या देखिएको चेक जाँचमा खटिएका डाक्टर चित्र राज शर्माले बताए । रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी भयो भने मधुमेह रोग देखा पर्ने डाक्टर शर्माले बताए । समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु आउने बताउदै शर्माले विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको जानकारी दिए ।

मधुमेह रोगबाट बच्न खानपानमा ध्यान दिनुपर्ने डाक्टर शर्माले बताए । उनले क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो बढी हुने चिजहरुको सेवन कम गर्न सुझाव दिए ।