तराईमा लागेको बाक्लो हुस्सु हट्ने, मौसममा सुधार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

तराईमा लागेको बाक्लो हुस्सु हट्ने, मौसममा सुधार



काठमाडौं । केहि दिनदेखि धुम्म भएको मौसममा सुधार हुन थालेको छ । आजदेखि मौसममा सुधार आइ बाक्लो हुस्सु कुहिरो बिस्तारै हट्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिएका छन् ।

तराईका जिल्लामा केही दिनदेखिको शीतलहर हटेर मौसम सफा हुने अनुमान गरिएको छ । लामो समयदेखिको बाक्लो हुस्सु कुहिरोका कारण तराई मधेसको जनजीवन प्रभावित भएको थियो । प्रधानाङ्गका अनुसार बिहानको समयमा हुस्सु कुहिरो लागे पनि दिउँसो घाम देखिने सम्भावना छ। तर, केही ठाउँमा भने बाक्लो हुस्सुको लाग्ने अनुमान पनि छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए। यस्तै आज काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम पनि सफा रहने छ ।