कस्तो अचम्म :७ बर्षको बच्चाको ५२६ वाटा दाँत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कस्तो अचम्म :७ बर्षको बच्चाको ५२६ वाटा दाँत



पढ्दै अचम्म लाग्छ । सामान्यतया मानिसका ३२ वटा दाँत हुन्छन् । त्यो पनि बयस्क मानिसका । सबै बयस्कका पनि होइनन् ।

यस्तैमा एउटा घटना सामुन्ने आएको छ कि भारतको चेन्नईमा चिकित्सकहरुले ७ बर्षको बच्चाको दाँतबाट अपरेशन गरेर ५२६ वटा दाँत निकालेका छन् ।

बच्चाको दायाँ गाल सुन्निएपछि जाँच गराउँदा अस्वभाविक मेडिकल कन्डिसन पत्ता लागेको थियो ।

मोवाइल टावरको रेडिएशनबाट भएको हुनसक्ने खरावीका कारण यो अस्वभाविक विकास भएको अनुमान चिकित्सकहरुले लगाएका छन् ।

डाक्टरहरुले यो विश्वको पहिलो घटना भएको दावीसमेत गरेका छन् । यो अवस्थालाई उनीहरुले कम्पाउन्ड कम्पोजिट आन्डोटोमको नाम दिएका छन् ।

के भएको थियो ?
रिपोर्टअनुसार सविता डेन्टल कलेजका ओरल सर्जन डा पी सेन्थिलनाथनसंग बच्चाको दायाँ दल्लो भागमा सुन्निएको बताइएको थियो ।

बढी सुन्निएकाले बच्चाका आमाबुबा उसलाई लिएर अस्पताल गए । एक्सरे र सीटी स्क्यान गर्दा पत्ता लाग्यो कि त्यहाँ थुप्रै त्यस्ता दाँत रहेछन् जहाँ अविकसित र अधुरा थिए ।

त्यसपछि अप्रेशन गरेर निकाल्ने कुरा भयो । डा पी सेन्थिलनाथनका अनुसार दाँत भित्री भागमा रहेकाले तिनीहरुलाई बाहिर देख्न मुस्किल थियो ।

बालकलाई एनेस्थेसिया दिएर एक एक टुक्रा निकाल्न थालियो । त्यो दाँतको वजन २०० ग्राम थियो । जाँचपछि ५२६ वटा साना, मध्यम र ठूला दाँत निकालिएको थियो ।

यी सबै दाँत निकाल्न पाँच घण्टाको समय लागेको थियो । अप्रेशनको ३ दिनपछि बच्चाको स्थिति सामान्य रहेको डा पी सेन्थिलनाथनले बताएका छन् ।

बच्चाले पनि अप्रेशनपछि दुख्न छाडेको बताएका छन् । डाक्टरहरुले यो अस्वभाविक विकासको खास कारण पत्ता लगाउन भने सकेका छैनन् ।

केहीले मोवाइल टावरबाट हुने रेडिएशनलाई दोषी मानेका छन् भने केहीले कुनै जेनेटिक डिस्अर्डरलाई कारण मानेका छन् ।

डा पी सेन्थिलनाथनले भनेका छन् कि अप्रेशनका समय त्यो बच्चाका स्वस्थ्य दाँतलाई मुखमै राखिएको छ ।

सन् २०१४ मा एक युवकको मुखबाट २३२ दाँत निकालिएको थियो ।