जनमतबाट हिन्दूराष्ट्र र राजसंस्था स्थापित गरौं: कमल थापा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जनमतबाट हिन्दूराष्ट्र र राजसंस्था स्थापित गरौं: कमल थापा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्नु पर्ने बताएका छन्।

दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष थापाले राष्ट्रको बृहत्तर हितलाई हृदयंगम गर्दै सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गर्नु पर्ने बताएका हुन्।

थापाले विचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापित गर्न पाउने अधिकार संविधानको आत्मा भएको बताएका छन्।

उनले भनेका छन्,‘विचार स्वतन्त्रता र जनताको मतबाट आफ्नो मान्यता स्थापित गर्न पाउने अधिकार संविधानको आत्मा हो भने समावेशी र समानुपातिक प्रणाली मूल विशेषता हो। राष्ट्रको बृहत्तर हितलाई हृदयंगम गर्दै सनातन हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापनाबारे पुनर्विचार गरौँ। संविधान दिवसको सबैमा शुभकामना।’